ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी « Khabarhub

ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा-  बाराको निजगढ नगरपालिका-७ भमराटोलमा नेकपा एमाले मधेस प्रदेश सदस्य तथा किसान एकबहादुर श्रेष्ठले विगत तीन वर्षअघि सुरु गरेको नौलो तथा मिठो फल ड्रागन फ्रुट खेतीमा सफलता प्राप्त गर्दै गएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी खुसी देखिएका छन् ।

जिल्लाकै पहिलो व्यवसायको रूपमा श्रेष्ठले हेर्दै रहरलाग्दो, आर्गानिक तथा मिठो फल ड्रागन खेती सुरु गरेका थिए । निजगढका अगुवा तथा मेहनती किसान श्रेष्ठले करिब २२ लाखको लागतमा ४०० बोट ड्रागन फ्रुट १५ कठ्ठामा लगाएर व्यवसायको रूपमा ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् ।

श्रेष्ठका अनुसार जुनसुकै माटो र मौसम समेत ड्रागन फ्रुटको लागि उपयुक्त हुने उनले बताए । ड्रागन फ्रुट खेतीको प्रति कठ्ठामा ५० वटा सिमेन्टको पिल्लर आवश्यक पर्ने हुन्छ । एउटा पिल्लरमा करिब ३ देखि ५ वटा ड्रागन फ्रुटको बाेट छन् । अहिले श्रेष्ठको १५ कठ्ठा आफ्नै बारीमा ४०० बोट ड्रागन फ्रुटका बोटहरू छन् । करिब २५० वटा बोटहरू फूल फुल्ने र फल फल्ने क्रममा रहेका छन् । श्रेष्ठले ड्रागन फ्रुटका साथमा अहिले खोर्सानी, भिण्डी र काँक्रोसमेत लगाएका छन् ।

श्रेष्ठका अनुसार प्रति कठ्ठाबाट वार्षिक कम्तीमा एक लाख ५० हजारसम्म आम्दानी हुने र यसको उत्पादनसँगै एकै ठाउँमा सानो बाेट हुने तरकारीको खेती समेत गरेर दोहोरो फाइदा लिन सफल भएको श्रेष्ठले बताए ।

कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत साबित गर्दै व्यावसायिक ड्रागन फ्रुट खेतीमा उनी रमाइरहेका छन् । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् श्रेष्ठ । ड्रागन फ्रुटको बजारमा माग धेरै रहेको हुँदा मागअनुसार ड्रागन फ्रुटसमेत बजारमा नरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने, युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै ड्रागन फ्रुट खेतीको सुरुवात गरिएको र ड्रागन फ्रुटको उत्पादनभन्दा बजारमा माग बढी रहेको बताए ।

बजारको समस्या नभएको र घरमै आएर ग्राहकले किनेको र सबैलाई यो फल चाख्न भ्याइ नभ्याइ भएको देख्दा भने खुसी लागेको श्रेष्ठले बताए ।पहिलो लटमा लगभग ७० हजार रुपैयाँको फल बेचेको उनले बताए । श्रेष्ठका अनुसार फूल फुलेको ३० औँ दिनमा फल पाकेर खानको लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ ।

गर्मी समयको वैशाखदेखि मंसिरसम्म मुख्य रूपमा फल दिने ड्रागन फ्रुट वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ । श्रेष्ठको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दै छन् भने चौथो छिमालको फल उत्पादनको लागि पनि कोपिला बसिसकेको छ ।

ड्रागन फुड रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ । श्रेष्ठको बारीबाटै प्रतिकेजी ५०० देखि ६०० सम्ममा बिक्री हुने गरेको छ । श्रेष्ठको बारीको आकर्षक ड्रागन फ्रुट हेर्न धेरै मानिसहरू फार्म पुग्ने गरेका छन् ।

एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव बटुल्न सफल भएको श्रेष्ठले सुनाए ।

थोरै लगानीबाट व्यवसायी सुरु गर्न सकिने भएपछि ड्रागन फ्रुट खेती गर्ने बाराका कृषकहरू बढ्न थालेको छ । कम मेहनत र लगानीमा छोटो समयमा धेरै आम्दानी लिन सकिने भएपछि ड्रागन फ्रुट खेतीमा कृषकको आकर्षण बढेको हो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ११ : ५२ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल