यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका अभिनेता विजय धरौटीमा रिहा  « Khabarhub

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका अभिनेता विजय धरौटीमा रिहा 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मलयालम फिल्मका अभिनेता तथा निर्माता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन् ।

केरला उच्च अदालतको आदेशपछि विजयबाबु एर्नाकुलम टाउन साउथ पुलिस स्टेशनमा सोधपुछका लागि हाजिर भएको र त्यहीँ प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चार माध्यममा खबर छ । २७ जुनमा हिरासतमा रहेका विजय बाबु ५ लाख धरौटीमा सर्तहरू सहित रिहा भएका छन् । केरला उच्च अदालतले उनलाई अग्रिम जमानत दिइसकेकाले उनलाई प्रहरीले रिहा गरेको हो ।

विजय बाबु रिहा हुनुअघि प्रहरीले घटना भएको कथित स्थानबाट प्रमाण सङ्कलन गर्ने बताइएको थियो । अदालतले विजय बाबुलाई अनुसन्धानमा सहयोग गर्न आदेश दिएपछि उनी प्रहरी समक्ष हाजिर भएका थिए । उनले यस विषयमा सामाजिक सञ्जाल वा अन्य कुनै समाचार माध्यमबाट चर्चा नगर्ने बताएका छन् ।

केही समय अगाडी सुरु भएको मीटू अभियान पश्चात् अहिले आफूले भोगेको यौन दुर्व्यवहारको विषयमा अभिनेत्रीहरू पनि खुलेर बोल्न थालेका छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : २६ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड