ट्रकभित्र निस्सासिएर अमेरिकामा ४६ जना अवैध आप्रवासीको मृत्यु « Khabarhub

ट्रकभित्र निस्सासिएर अमेरिकामा ४६ जना अवैध आप्रवासीको मृत्यु


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा ४६ जना आप्रवासीको मृत्यु भएको छ । अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीमध्ये अरु १६ जना गम्भीर बिरामीलाई अस्पताल भर्ना गरिएको छ ।

मेक्सिकोका आप्रवासी ट्रकमा चढेर अवैध रुपमा अमेरिकातर्फ प्रवेश गर्न खाजेको र निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त ट्रक शहरको दक्षिणपश्चिममा रहेको रेलमार्ग नजिक भेटिएको हो ।

आद्रतायुक्त उच्च तापक्रमका कारण उनीहरूलाई श्वासप्रश्वासमा समस्या भएको अनुमान गरिएको छ । सोमबार सान एन्टोनियोको तापक्रम ३९.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

घटनास्थलबाट सहायताका निम्ति आग्रह भएपछि सुरक्षा अधिकारी परिचालन गरिएको सान एन्टोनियोका प्रहरी प्रमुख बिल म्याकमासले बताएका छन् । उनले मृतकहरू मेक्सीकोका नागरिक भएनभएको यकिन नभएको जनाएका छन् । सान एन्टोनियोका नगर प्रमुख रोन निरेनवर्गले घटनालाई ‘भयानक मानवीय त्रासदी’ भनेका छन् ।

गम्भीररूपमा बिरामी भएकामा १२ जना वयस्क र चारजना बालबालिका छन् । सुरक्षा अधिकारीहरूका अनुसार उद्धार गर्दा उनीहरूको शरीर ज्यादै तातो थियो । ट्रकको ढोका अलिकति मात्र खुला रहेको र भित्र जाँदा शव मात्र देखिएको पनि उनीहरूले जनाएका छन् । मेक्सिकोको विदेश मन्त्रालयका अधिकारी घटनास्थलतर्फ प्रस्थान गरेका बताइएको छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले राष्ट्रपति बाइडेनको घातक खुला सीमा नीतिका कारण उक्त घटना भएको ट्वीटरमा टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ५६ बजे

मिथिला मध्यमा परिक्रमा : सांस्कृतिक सम्बन्धको निरन्तरता

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री दाेहाेर्‍याएर भारत पुगेका छन् ।

मुस्ताङका दश मतदान केन्द्र संवेदनशील

मुस्ताङ– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

खामेनेई युगको अन्त्य : इरानमा ३७ वर्षपछि ठूलो राजनीतिक शून्यता

तेहरान – अयातुल्ला अली खामेनेईको जन्म १९ अप्रिल १९३९ मा

शुक्लाफाँटा आरक्षका विस्थापित २४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा

कञ्चनपुर– हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष

शनिबार बिहानै मारिएका थिए खामेनेई, इजरायलले हानेको थियो ३० वटा बम

तेहरान- इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्याबारे थप विवरण