साधारण सभा नगरेको भन्दै उपभोक्ताले घेरे खानेपानी समितिका अध्यक्षको कार्यकक्ष « Khabarhub

साधारण सभा नगरेको भन्दै उपभोक्ताले घेरे खानेपानी समितिका अध्यक्षको कार्यकक्ष


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बर्दिबास नगरपालिकाको खानेपानी उपभोक्ता समितिले लामो समयसम्म साधारण सभा नगरेको भन्दै उपभोक्ताहरूले ध्यानाकर्षण गराएका छन् । मंगलबार कार्यालयमै पुगेर स्थानीय उपभोक्ताले अविलम्ब साधारण सभा गरेर खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेका हुन् ।

उपभोक्ता समितिले विधानअनुसार काम नगरेको, आयव्यय सार्वजनिक नगरेको र कार्य अवधि सकिँदा पनि मार्ग प्रशस्त नगरेको जस्ता आरोप लागेका छन् । विधानअनुसार तीन वर्षमा कार्यकाल सकिनुपर्ने भए पनि सात वर्ष बितिसक्दा नयाँ नेतृत्व चयन हुन सकेको छैन ।

‘म्याद नाघेको समितिले कुनै पनि निर्णय र चेकमा हस्ताक्षर गर्न नपाइने विधानमा व्यवस्था छ, तर उहाँहरूले निर्बाध रूपमा हस्ताक्षर गरेर आर्थिक कारोबार भएको देखिन्छ,’ स्थानीय देवनारायण महतोले भने ।

तर खानेपानी उपभोक्ता समितिबाट कुनै पनि प्रकारको अनियमितता नभएको समितिका अध्यक्ष भोला खड्काको दाबी छ ।

‘नियतवश हामीले सार्वजनिक गर्न कन्जुस्याइँ गरेका हैनौ अघिल्ला समितिले गरेको ट्रेन्ड अनुसार चल्दा यो अवस्था सिर्जना भएको हो,’ अध्यक्ष खड्काले भने ।

तर उपभोक्ताहरूले खानेपानीभित्रको पारदर्शिता यथाशीघ्र सार्वजनिक गर्नुपर्ने अडान लिएका छन् । खानेपानी कार्यालयस्थित अध्यक्ष खड्काको कार्यकक्षमा पुगेका उपभोक्ताहरूले साउनभित्र साधारण सभा सकेर भदौमा निर्वाचन गर्नुपर्ने माग राखेका छन् ।

खड्काले उपभोक्ताहरूको मागप्रति आफू संवेदनशील भएको र साउनभित्र सम्पूर्ण काम सक्ने बताए । अझै पनि विधि विधान विपरीत खानेपानी उपभोक्ता समितिले मनोमानी गरे खबरदारीका कार्यक्रम नै गर्ने समाजसेवी शकर फुँयालले चेतावनी दिए ।

खड्का निर्वाचित वडाध्यक्ष पनि हुन् । जनताको प्रत्यक्ष नभई नहुने खानेपानी जस्तो विषयमा कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने अर्का  उपभोक्ता निरज अधिकारीको तर्क छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : ५७ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको