चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छ जनाको मृत्यु | Khabarhub Khabarhub

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छ जनाको मृत्यु


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली, कञ्चनपुर, रूपन्देही र नवलपरासी (पश्चिम) मा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको जमिनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । 

यसैगरी कैलालीकै कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । चट्याङ लागेर अशक्त भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

कञ्चनपुरको पुर्नवास नगरपालिका–६ न गाउँ बस्ने ४० वर्षीय दिपेन्द्र श्रेष्ठ र सोही नगरपालिका–८ क गाउँ बस्ने २५ वर्षीया शारदा थापाको आ–आफ्नो खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । 

रूपन्देहीको सियारी गाउँपालिका–२ च्याङठा बस्ने ४५ वर्षीय रामनाथ बरईको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।  नवलपरासीको सुनवल नगरपालिका–९ स्वाठी बस्ने ६० वर्षीया मराछी चौधरीको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।  

रामग्राम नगरपालिका–१० लक्ष्मीपुरस्थित छोरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर अशक्त भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : ३६ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ