बिना हाजिर तीन महिनादेखि कर्मचारीलाई तलब | Khabarhub Khabarhub

बिना हाजिर तीन महिनादेखि कर्मचारीलाई तलब


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोस्टमा कार्यरत कर्मचारीहरूले  गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् । गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागी स्थापना गरिएका पोस्टका कर्मचारीलाई बिना हाजिर तलब खुवाइएको हो ।

 निकुञ्ज कार्यालयले गत चैत सकिए लगत्तै निकुञ्ज कार्यालयको स्टोर तथा जिन्सी शाखाले नयाँ हाजिरी फाइलको व्यवस्था गरी र मातहतका सबै पोस्टमा पठाई सक्नु पर्ने भए पनि  तीन महिना बित्न लाग्दासमेत हाजिरी फाइलको व्यवस्था गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीहरूको खातामा हाजिरी नगरी तलब जम्मा गरिदिएको हो ।

 मासिक हाजिरी प्रतिलिपि उतार गरी सम्बन्धित कार्यालयको प्रशासन शाखामार्फत कार्यालय प्रमुखले प्रमाणित गरी लेखा शाखाले कार्यरत कर्मचारीहरूको हाजिरीअनुसार सम्बन्धित कर्मचारीको खातामा पाउनुपर्ने मासिक पारिश्रमिक तथा अन्य सुविधाको रकम जम्मा गरिदिनुपर्ने प्रावधान छ । तर, रारा राष्ट्रिय निकुञ्जले हाजिरी बिना नै जेठसम्मको तलब कर्मचारीहरूलाई खुवाएको हो ।

 रारा राष्ट्रिय निकुञ्ज कार्यालय र मातहतका ६ वटा पोस्टमा ५५ जना  कर्मचारी कार्यरत छन् । उनीहरूले हालसम्म गत वैशाखदेखि हाजिर गर्न पाएका छैनन् । कार्यालय संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार एक हप्ता अगाडि हाजिर रजिष्ट्रर पठाइएको छ । मंगलबारसम्ममा ती हाजिर रजिष्ट्रर सम्बन्धित कार्यालयमा पुग्ने उनको दाबी छ ।

 हाजिरी उतारको प्रतिलिपि बिनै कर्मचारीको खातामा रकम जम्मा गर्न सम्बन्धित निकायबाट तोक भएअनुसार आफूले रकम जम्मा गरेको लेखापाल नरबहादुर डाँगीले बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : ५९ बजे

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं