बिना हाजिर तीन महिनादेखि कर्मचारीलाई तलब « Khabarhub

बिना हाजिर तीन महिनादेखि कर्मचारीलाई तलब


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोस्टमा कार्यरत कर्मचारीहरूले  गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् । गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागी स्थापना गरिएका पोस्टका कर्मचारीलाई बिना हाजिर तलब खुवाइएको हो ।

 निकुञ्ज कार्यालयले गत चैत सकिए लगत्तै निकुञ्ज कार्यालयको स्टोर तथा जिन्सी शाखाले नयाँ हाजिरी फाइलको व्यवस्था गरी र मातहतका सबै पोस्टमा पठाई सक्नु पर्ने भए पनि  तीन महिना बित्न लाग्दासमेत हाजिरी फाइलको व्यवस्था गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीहरूको खातामा हाजिरी नगरी तलब जम्मा गरिदिएको हो ।

 मासिक हाजिरी प्रतिलिपि उतार गरी सम्बन्धित कार्यालयको प्रशासन शाखामार्फत कार्यालय प्रमुखले प्रमाणित गरी लेखा शाखाले कार्यरत कर्मचारीहरूको हाजिरीअनुसार सम्बन्धित कर्मचारीको खातामा पाउनुपर्ने मासिक पारिश्रमिक तथा अन्य सुविधाको रकम जम्मा गरिदिनुपर्ने प्रावधान छ । तर, रारा राष्ट्रिय निकुञ्जले हाजिरी बिना नै जेठसम्मको तलब कर्मचारीहरूलाई खुवाएको हो ।

 रारा राष्ट्रिय निकुञ्ज कार्यालय र मातहतका ६ वटा पोस्टमा ५५ जना  कर्मचारी कार्यरत छन् । उनीहरूले हालसम्म गत वैशाखदेखि हाजिर गर्न पाएका छैनन् । कार्यालय संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार एक हप्ता अगाडि हाजिर रजिष्ट्रर पठाइएको छ । मंगलबारसम्ममा ती हाजिर रजिष्ट्रर सम्बन्धित कार्यालयमा पुग्ने उनको दाबी छ ।

 हाजिरी उतारको प्रतिलिपि बिनै कर्मचारीको खातामा रकम जम्मा गर्न सम्बन्धित निकायबाट तोक भएअनुसार आफूले रकम जम्मा गरेको लेखापाल नरबहादुर डाँगीले बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : ५९ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ