इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान मोर्गनद्धारा सन्यासको घोषणा | Khabarhub Khabarhub

इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान मोर्गनद्धारा सन्यासको घोषणा


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : इंग्ल्याण्डलाई एकदिवसीय विश्वकप जिताएका कप्तान इयोन मोर्गनले सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनी इंग्ल्याण्डको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट टिमका कप्तान हुन् । र, इंग्लिस क्रिकेटको ह्वाइट बलको कप्तानीमा उनी अहिलेसम्मकै सफल हुन् । किनकी उनले पहिलोपटक इंग्ल्याण्डलाई विश्वकप जिताए । यद्यपी सो विश्वकप उपाधिको वास्तविक हकदार भने बेन स्टोक्स हुन् ।

टी–ट्वान्टी विश्वकप नजिकै आएका बेला उनको सन्यासलाई महत्वका साथ हेरिएको छ । यसलाई कतिपयले टेस्ट कप्तानी सम्हालेका बेन स्टोक्सलाई ह्वाइट बल क्रिकेटको कप्तानी गर्ने बेला भएको भनेर पनि अथ्र्याएका छन् ।

मोर्गनको कप्तानीमा इंग्ल्याण्डले सन् २०१९ को एकदिवसीय विश्वकप जितेको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : १५ बजे

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा