छानबिन समितिले आज प्रतिवेदन लेखन सक्ने « Khabarhub

सिसिटिभी प्रकरण : 

छानबिन समितिले आज प्रतिवेदन लेखन सक्ने


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले आज प्रतिवेदनलाई अन्तिम रुप दिने भएको छ।

थपिएको ७ दिनको म्याद सकिने दिन आज राति ११ बजेसम्म भए पनि प्रतिवेदन सकेर भोलि बुझाउने तयारी रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

त्यसका लागि आज मध्याह्न साढे १२ बजे समितिको बैठक बस्दैछ । बैठक बस्नुअघि पनि सर्वसम्मत प्रतिवेदन तयार गर्न सांसदहरुबीच अनौपचारिक छलफल हुने उनले बताए।

हिजो पनि लगातार ६ घण्टा बैठक बसेर समितिले प्रतिवेदन लेखन सुरु गरेको थियो । प्रतिवेदन सर्वसम्मत बनाउन औपचारिक र अनौपचारिकरुपमा छलफल भइरहेकाले उनले बताए।

बुधबार नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट हेरेर विज्ञको सुझाव लिएको समितिले हिजोदेखि प्रतिवेदन लेख्न थालेको थियो।  २२ असारमा गठन भएर एक सातापछि काम सुरु गरेको समितिले तोकिएको दश दिनभित्र निष्कर्षमा पुग्न नसकेपछि साउन ५ गते ७ दिन म्याद थपिएको थियो।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री शर्माले जेठ १४ गतेको मध्य राति अर्थ मन्त्रालयमा दुई जना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा राजीनामा दिएका थिए। त्यसबारे छानबिन गर्न समिति बनेको थियो।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : २० बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली