झिँगेदाउको दोस्रो लिरिकल गीत : ‘ईश्वरसँग पनि’ (भिडियो)   « Khabarhub

झिँगेदाउको दोस्रो लिरिकल गीत : ‘ईश्वरसँग पनि’ (भिडियो)  


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना फिल्म निर्देशक ज्ञानेन्द्र देउजा फिल्मु ‘झिँगेदाउ’ मार्फत फिल्ममा कमब्याक गर्दैछन् । केही वर्षको विश्राम पश्चात उनले निर्देशन र निर्माणमा सक्रियता देखाएका हुन्। केही वर्षको विश्राम पश्चात सक्रियता बढाउदै गरेका निर्देशक देउजाले फिल्मको प्रचारप्रसार गीत मार्फत गरिरहेका छन् । नेपाली फिल्मको प्रचारको लागि बलियो टुल्स मानिने गीतसंगीतलाई उनले प्रयोग गरिरहेका छन्। 

पहिलो गीत ‘आगो बिना बिँडी जल्दैन’ लोकप्रिय भइरहँदा उनले दोस्रो गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरेका छन् । सार्वजनिक गीतको भिडियोमा चल अचल दृश्य समावेश गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ । 

रामजी लामिछानेको कोरियाग्राफी रहेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ । यसमा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामा आधारित फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । विष्णु कल्पितको छायांकन रहेको फिल्ममा मित्र डि गुरुङको सम्पादन रहेको छ। 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : ३३ बजे

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता