अंगोलाको खानीमा दुर्लभ गुलाबी हिरा भेटियो « Khabarhub

अंगोलाको खानीमा दुर्लभ गुलाबी हिरा भेटियो


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हिरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयता फेला परेको सबैभन्दा ठूलो हो ।

देशको उत्तरपूर्वको लुलो खानीमा १७० क्यारेटको गुलाबी हिरा फेला परेको लुकापा डायमण्ड कम्पनीले जनाएको छ । उक्त हिरालाई लुलो रोज नाम दिइएको बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

लुलोमा फेला परेको गुलाबी हिराले अंगोलालाई विश्व मञ्चमा चिनाएका अंगोलाका खनिज मन्त्रीले बताएका छन् । उक्त हिरा अन्तर्राष्ट्रिय टेन्डरमा चर्को शुल्कमा बेचिने सम्भावना रहेको बताइएको छ ।

यो हालसम्म अफ्रिकी महादेशमा फेला परेको पाचौँ ठूलो हिरा रहेको दाबी गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : ११ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६