पोखरामा दोब्बरभन्दा बढी फल्यो चैते धान « Khabarhub

पोखरामा दोब्बरभन्दा बढी फल्यो चैते धान


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ । चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकामा विगतमा प्रति रोपनी दुईदेखि तीन मुरी फल्ने चैते धान अहिले भने सात/आठ मुरीसम्म फलेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

यसवर्ष बाली विकास कार्यक्रम(धान उत्पादन प्रवद्र्धन कार्यक्रम) अन्तर्गत पोखरा–२६ मा ५० प्रतिशत अनुदानमा चैते धानको बीउ वितरण गरिएको थियो । त्यसअन्तर्गत दुई हजार ३० किलोग्राम बीउका लागि कृषि महाशाखाका तर्फबाट रु ८१ हजार दुई सय उपलब्ध गराइएको थियो भने किसानका तर्फबाट (५० प्रतिशत सहभागिता) गरी कूल रु एक लाख ६२ हजार चार सय लगानी गरिएको थियो ।

त्यस्तै महाशाखाले क्षेत्रफल विस्तारमा प्रोत्साहन सहयोगवापत प्रति रोपनी रु नौ सयका दरले छ सय १५ रोपनीको रु पाँच लाख ५३ हजार पाँच सय अनुदान सहयोग उपलब्ध गराएको कडरियाले जानकारी दिए। महाशाखाले त्रिपाल खरिदमा ५० प्रतिशत अनुदान सहयोगबापत ४२ वटा त्रिपाल खरिदका लागि रु ५३ हजार नौ सय ९४ अनुदान सहयोग र ५० प्रतिशत स्थानीय सहभागिता समेतमा सो खरिदका लागि रु एक लाख सात हजार नौ सय ८८ लगानी गरिएको थियो ।

त्यस्तै डिजिटल तराजु खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरी तीनवटा तराजुका लागि रु १५ हजार महाशाखाबाट र ५० प्रतिशत स्थानीय सहभागिता गरी रु ३० हजार लगानी गरिएको थियो । लगानीअनुसार प्रतिफल राम्रो आएसँगै चैते धानतर्फ आगामी दिनमा किसानको आकर्षण बढ्ने विश्वास गरिएको छ ।

यस वर्ष किसानले चैते धान रु ६५ लाख बराबरको उत्पादन गरेको कडरियाले जानकारी दिए। महाशाखाले चैते धानमा सञ्चालित एकीकृत शत्रुजित व्यवस्थापन(आइपिएम) पाठशालाको अध्ययनबाट धानको जातीय परीक्षणमा चैते–५ को उत्पादन प्रति हेक्टर सात टन देखिएको छ । त्यस्तै चैते स्थानीय उत्पादनप्रति हेक्टर तीन टन, चैते सानो उत्पादनप्रति हेक्टर दुई दशमलव आठ टन, चैते ठूलो उत्पादनप्रति हेक्टर तीन टन उत्पादन भएको छ । अध्ययनबाट पराललगायत अन्य सबै कारणले किसानले चैते–५ मनपराएको उनले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : ५३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग