‘देउवालाई आराम दिन चुनाव लड्न डडेल्धुरा आएको हुँ’ « Khabarhub

‘देउवालाई आराम दिन चुनाव लड्न डडेल्धुरा आएको हुँ’


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकालले बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको बताए । उनले आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पुरै नयाँ’ अभियानसहित तीन वटा मुद्दा लिएर अगाडि बढेको बताए ।

जसमा वातावरण विकाससँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरबुबा हजुरआमाहरूलाई स–सम्मान आराम र विकास र संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन छन् ।

शेरबहादुर देउवालाई आराम दिन डडेलधुरा आएको उनी बताउँछन् । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतलाई आराम दिन देशभरि युवा उठाउने अभियान सुरु गरेको उनको भनाइ छ ।

‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो । उहाँहरूले धेरै मेहनत गर्नु भयो । हाम्रो लागि बोल्ने वातावरण बनाइदिनु भयो,’ उनले भने, ‘बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनश्याम भुसालहरू ढुङ्गा मुडा गरेर आउनु भएको हो । उहाँहरू लोकतन्त्रको लागि लड्दिनु भयो । अब सल्लाह दिने काम गर्नुहुन्छ ।’

व्यवस्था पाइसकेकोले अवस्था परिवर्तन गर्ने समय आएको उनको भनाइ छ । डडेल्धुराबाट देशभरि सन्देश दिन आफूले उम्मेदवारी दिएको उनले बताए । सांसद बन्नको लागि मात्रै हो भने शिक्षित सहरबाट चुनाव लड्न सक्ने उनको तर्क छ । डडेल्धुरामा मात्रै आगो बाल्न सके देशभरि फैलिन सक्ने उनको दाबी छ ।

उनी भन्छन्, ‘१६५ क्षेत्रबाटै युवा उठे । तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ । म देउवालाई हराउन आएको होइन । ४०/५० देशलाई कसरी हाँक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ ।’

पाहुनालाई माया गर्ने नेपालीको संस्कार भएकोले त्यो माया पाउने उनको अपेक्षा छ । उनले डडेल्धुराको युवालाई गुल्मीबाट उठ्नसमेत आग्रह गरे । देशको मुद्दा लिएर जसले जहाँबाट उठे पनि हुने उनको तर्क छ ।

डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी क्षेत्र हो । बुधबार बस चढेर उनी डडेल्धुरा पुगेका हुन् । ढकाल पेसाले इन्जिनियर हुन् । उनी आफैँले पनि बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ६ : २६ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक