नेपाललाई समृद्ध बनाउन सुशासन अनिवार्य : शेखर कोइराला « Khabarhub

नेपाललाई समृद्ध बनाउन सुशासन अनिवार्य : शेखर कोइराला


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समृद्ध नेपाल निर्माणका लागि दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल र सुशासन स्थापना गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौँमा पूर्वगृहराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपकप्रकाश बाँस्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ सार्वजनिक गर्दै नेता कोइरालाले नेपाललाई समृद्ध बनाउन सुशासन अनिवार्य रहेको र दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल हुनुपर्ने बताएका हुन् ।

उनले नेपाल श्रीलङ्काको अवस्थामा नपुग्ने समेत बताए। कोइरालाले राजनीति गर्नेले देशलाई पहिलो प्राथमिकतामा राखेर सोच्नुपर्ने धारणा राखे । लोकतन्त्रलाई बलियो बनाउन सके मात्र मुलुक बलियो हुने उनको भनाइ छ ।

बुक्स राइटिङ नेपालले प्रकाशन गरेको सो पुस्तक २१२ पृष्ठको छ । पुस्तकमा राजनीतिक, सहकारी, अर्ग्यानिक कृषि र वैदिक नेपाल निर्माणका लागि बास्कोटाले गरेका कामको चर्चा गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ६ : ५७ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती