पाकिस्तानमा पनि श्रीलंकाकै अवस्था आउनसक्ने भन्दै विज्ञहरुको चिन्ता « Khabarhub

पाकिस्तानमा पनि श्रीलंकाकै अवस्था आउनसक्ने भन्दै विज्ञहरुको चिन्ता


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बढ्दो मुद्रास्फीति र खुम्चँदै गएको अर्थतन्त्रका कारण पाकिस्तानमा पनि श्रीलंकाको जस्तै अवस्था आउनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

कोरोना भाइरसको महामारीले उसैपनि थला परेको पाकिस्तानी अर्थतन्त्र रुस र युक्रेनबीच जारी युद्ध र विश्वभर बढ्दो उर्जाको मूल्यले अझ संकटोन्मुख भएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२० को जुलाई र सन् २०२१ को जनवरी महिनासम्म पाकिस्तान तेस्रो ठूलो युक्रेनी गहुँको उपभोक्ता मुलुकको रुपमा रहेको थियो ।

यसबाहेक नेशनल इन्ट्रेस्ट म्यागजिनका अनुसार सन् २०२० र सन् २०२१ बीच पाकिस्तानको तेलको आयात लागत पछि ८५ प्रतिशतले बढेर ५ अर्ब अमेरिकी डलर पुगेको छ ।

आर्थिक वर्ष २०२१–२२ को अन्त्य अर्थात् जुन २० सम्म पाकिस्तानको व्यापार घाटा झण्डै ५० अर्ब अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो ५७ प्रतिशतले बढी रहेको जनाइएको छ । यसबाहेक पाकिस्तानको मुद्रास्फीति पनि २० प्रतिशत पुगेको छ ।

उदीयमान बजारका लागि सिटीग्रुपका पूर्व रणनीति प्रमुख युसुफ नजारका अनुसार पाकिस्तानको विदेशी मुद्रा सञ्चिती गत फेब्रुअरी महिनायता केबल ६ अर्ब ३० करोड अमेरिकी डलर आसपास रहेको जनाएका छन् । उनले अहिले पाकिस्तानी अर्थतन्त्रले इरानजस्तै आर्थिक दबाबको सामना गरिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ७ : ३५ बजे

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही