सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित  « Khabarhub

सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित 


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत (डोटेली कान्छा) सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् ।

कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा खटिएर पार्टीलाई पहिलो बनाउन सक्रिय स्रष्टालाई सम्मान गरिएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताए ।

सुदूरपश्चिम प्रदेशबाट सुरत रावत (डोटेली कान्छा), कर्णाली प्रदेशबाट पूर्ण आचार्य, लुम्बिनी प्रदेशबाट डिल्ली नारायण पाण्डे, गण्डकी प्रदेशबाट चोलेन्द्र पौडेल, मधेस प्रदेशबाट जीवनाथ चौधरी,  बाग्मती प्रदेशबाट राजेन्द्र खत्रीलगायत स्रष्टालाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : ०९ बजे

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री

विद्युत् विभागसमक्ष इप्पानका १३ बुँदे माग

काठमाडौं । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत्

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ