सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित  | Khabarhub Khabarhub

सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित 


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत (डोटेली कान्छा) सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् ।

कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा खटिएर पार्टीलाई पहिलो बनाउन सक्रिय स्रष्टालाई सम्मान गरिएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताए ।

सुदूरपश्चिम प्रदेशबाट सुरत रावत (डोटेली कान्छा), कर्णाली प्रदेशबाट पूर्ण आचार्य, लुम्बिनी प्रदेशबाट डिल्ली नारायण पाण्डे, गण्डकी प्रदेशबाट चोलेन्द्र पौडेल, मधेस प्रदेशबाट जीवनाथ चौधरी,  बाग्मती प्रदेशबाट राजेन्द्र खत्रीलगायत स्रष्टालाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : ०९ बजे

नर्तकी खुसी पार्न अलेक्जेण्डरले शहरमा झोसेको आगो !

अलेक्जेण्डरले इरानमा विजयध्वजा फहराए। त्यसबेला उनको सेनाले इरान सोत्तर बनाइसकेको

स्याङ्जामा पहिरोमा परी आमा–छोरीको मृत्यु

स्याङ्जा- स्याङ्जामा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

बागलुङ पहिरो अपडेट : दुईजनाको मृत्यु, दुई घाइते

बागलुङ– बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ

गुल्मीमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, दुईजना बेपत्ता

गुल्मी– गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै

‘यश कुमार अब अमर छ’

काठमाडौं – यश कुमार बहुप्रतिभाशाली कलाकार हुन् । उनले गायक, संगीतकार,