सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित | Khabarhub Khabarhub

सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् ।

कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा खटिएर पार्टीलाई पहिलो बनाउन सक्रिय स्रष्टालाई सम्मान गरिएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताए ।

सुदूरपश्चिम प्रदेशबाट सुरत रावत , कर्णाली प्रदेशबाट पूर्ण आचार्य, लुम्बिनी प्रदेशबाट डिल्ली नारायण पाण्डे, गण्डकी प्रदेशबाट चोलेन्द्र पौडेल, मधेस प्रदेशबाट जीवनाथ चौधरी, बाग्मती प्रदेशबाट राजेन्द्र खत्रीलगायत स्रष्टालाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : ०९ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो