लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन « Khabarhub

लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना सञ्चालन गरिएको हो ।

परियोजना सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको रु एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाखको साझेदारीमा परियोजना सञ्चालन गरिएको छ ।

विद्यार्थीको बीचमै विद्यालय छाड्ने दरमा कमी ल्याउन, श्रमप्रतिको सकारात्मक भावनाको विकास गर्न, सीपमूलक शिक्षाप्रति विद्यार्थी तथा युवाको उत्प्रेरणा जगाउन, निम्न आर्थिक आय भएका विद्यार्थी अभिभावकको शिक्षामा गर्नुपर्ने लगानीको दायित्व कम गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख सिद्धराज भट्टले बताए ।

उनका अनुसार परियोजनाअन्तर्गत कपी उद्योग, माछापालन, मौरीपालन, गमला निर्माण, खेलौना निर्माण, सेनेटरी प्याड निर्माण र वृक्षरोपणलगायतका कार्यक्रम सञ्चालन गरिएका छन् । कार्यक्रमबाट पाँच सय विद्यार्थी र तीन सय युवा गरी सात सयलाई उद्यमशीलता कार्यक्रममा सहभागी गराइएको छ ।

‘कार्यक्रमको प्रकृति हेरी पूर्वाधार निर्माण र तालिममा रकम लगानी गर्छौं’, शिक्षा शाखा प्रमुख भट्टले भने, ‘परियोजनाअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि तालिम दिने कार्य सुरु भइसकेको छ ।’

परियोजनाको अवधि दुई वर्षको छ । हालसम्म बेतबाँसका सामग्री निर्माण गर्ने कार्यक्रम सुरु भइसकेको छ भने विद्यालय नजिकका नदी तटीय क्षेत्रमा विभिन्न प्रजातिका एक हजार बोट बाँस रोप्ने कार्य सुरु गरिएको छ ।

नदी तटीय क्षेत्रको १० बिघा जग्गामध्ये सात बिघामा सात सय बाँस खेतीका लागि बिरुवा रोपिएका छन् । अन्य कार्यक्रम सञ्चालनका लागि पूर्वतयारीका कार्य भइरहेका छन् । पढ्दै कमाउँदै कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये पाँच पालिका छनोटमा परेका भए पनि कार्यक्रम सञ्चालन गर्ने पालिका लालझाडी मात्रै रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ९ : ४८ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले