स्कुटर चोरी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

स्कुटर चोरी गरेको आरोपमा एक जना पक्राउ


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुटर चोरी गर्ने एक जनालाई पक्राउ गरेका छ । माछापोखरीबाट हराएको ०२ ०३७ प ९४१० नम्बरको स्कुटरसहित प्रहरीले दरबारमार्गबाट पर्वत कुस्मा नगरपालिकाका २२ वर्षीय निरज थापालाई पक्राउ गरेको हो ।

हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोली खटिएको थियो ।

उक्त स्कुटर तनहुँको भिरकोट गाउँपालिका वडां नं. ०३ घर भई हाल काठमाडौँ थानकोट बस्ने बिजय थापाले काठमाडौँ माछापोखरीबाट हराएको भनि निवेदन दिएका थिए। पक्राउ गरिएको व्यक्तिको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाईरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ११ : १५ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती