पाँच विधामा आठ व्यक्तित्व सम्मानित « Khabarhub

पाँच विधामा आठ व्यक्तित्व सम्मानित


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई शनिबार सम्मान समर्पण गरिएको हो ।

सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती सम्मान’ बलेवाका कमलकुमार जिसी र विसं २०७९ को सुदर्शनकुमार श्रेष्ठलाई प्रदान गरेको हो । जिसी अपाङ्गता भएका व्यक्तिको शिक्षा र अधिकारका पक्षमा वकालत गर्दै आएका छन् । म्याग्दीका श्रेष्ठ सामाजिक सेवाका क्षेत्रमा क्रियाशील छन् ।

यस्तै धवल कला मन्दिरका तर्फबाट चार कलाकार सम्मानित भए । विसं २०७८ को ‘धवल मोती सम्मान’बाट कलाकार नारायणप्रसाद श्रेष्ठ मृत्युपर्यन्त र मुकुन्द शाक्य सम्मानित भए । यस वर्षको उक्त सम्मान कलाकारद्वय बेदविक्रम शाक्य र मधुसुदन श्रेष्ठलाई प्रदान गरिएको हो ।

उनीहरु कला र सङ्गीत विधातर्फबाट सम्मानित भएका हुन् । सोही समारोहमा स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ यस वर्ष दुई युवा स्रष्टालाई प्रदान गरिएको प्रकाशनका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

विसं २०७८ को सम्मान पर्वत पाङका स्रष्टा गुणराज पौडेल ‘गुराँस’ र यस वर्षको सम्मान बागलुङको जैमिनी नगरपालिका निवासी स्रष्टा निर्मला सुवेदीलाई प्रदान गरिएको हो । पौडेलको मुक्तक कृति प्रकाशित छ भने सुवेदी जैमिनी साहित्य मञ्चका अध्यक्ष हुन् ।

समाजसेवी देवबहादुर श्रेष्ठ र प्रकाशनका अध्यक्ष रोशनले सम्मानित व्यक्तित्वलाई खादासहित सम्मानप्रत्र प्रदान गरेका छन् । गत वर्ष कोभिड–१९ का कारण कार्यक्रम स्थगन भएपछि दुई वर्षको सम्मान एकैसाथ प्रदान गरिएको हो ।

समाजका विभिन्न क्षेत्रमा क्रियाशील रही योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको प्रकाशनका अध्यक्ष रोशनले बताए । मोती जयन्तीमा कला, सङ्गीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित हुँदै आएका छन् ।

सार्थक प्रकाशन, धवल कला मन्दिर र स्मृति प्रकाशनले संयुक्तरूपमा मोती जयन्ती मनाउँदै आएका छन् । सो समारोहमा कलाकार र सर्जकले आफ्नो प्रस्तुति राखेका थिए । ‘समाजका विविध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई बर्सेनि मोती जयन्तीमा सम्मान गर्दै आइरहेका छौँ’, प्रकाशनका अध्यक्ष काजी रोशनले भने ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : ४२ बजे

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर