बलात्कारीलाई रिहा गरेको विरोधमा भारतभर प्रदर्शन « Khabarhub

बलात्कारीलाई रिहा गरेको विरोधमा भारतभर प्रदर्शन


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – मुस्लिम महिला बिल्किस बानोलाई सामूहिक बलात्कार गरेको आरोपमा आजीवन कारावासमा परेका ११ जनालाई रिहा गर्ने सरकारको निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ । सन् २००२ मा गुजरात राज्यमा भएको धार्मिक दंगामा उनको परिवारका १४ सदस्यको पनि मृत्यु भएको थियो ।

ती पुरुष १५ वर्षको जेल सजायपछि रिहा भएका थिए । महिला र पुरुषले बलात्कारीलाई रिहा गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्दै नाराबाजी गरेका थिए ।

भारतीय फिल्म स्टार र महिला अधिकार अभियानकर्ता शबाना आजमीले राजधानी दिल्लीमा एएफपीसँग भनिन, ‘बिल्किस बानो र उनको परिवारलाई जे भयो त्यो हामीले  हेर्न सक्दैनौँ ।’

प्रदर्शनमा विद्यार्थीहरूको पनि सहभागिता छ । ‘यो कुरूपता र पितृसत्ता यति बढेको छ र यो बिन्दुमा सामान्य बनाइएको छ कि अब बलात्कार मानिसहरूको लागि सामान्य छ’, विद्यार्थी प्रदर्शनकारी अदितीले भनिन् ।

१०० भन्दा बढी सेवा निवृत्त निजामती कर्मचारीहरूले भारतका प्रधानन्यायाधीशलाई पत्र लेखेर  बलात्कारीहरूको रिहाइले सबै महिलाहरूको सुरक्षामा नकारात्मक प्रभाव पार्ने जनाएका छन् । भारतले आफ्नो स्वतन्त्रताको ७५ औँ वर्षगाँठ मनाउँदै गर्दा गुजरात सरकारले १५ अगस्टमा दोषीहरूलाई रिहा गर्ने निर्णय गरेको थियो ।

एउटा भाइरल  भिडियोमा गोधरा जेलबाहिर पुरुषहरू लाइनमा बसेका देखिएका छन् भने आफन्तहरूले उनीहरूलाई मिठाई दिएर सम्मान प्रकट गर्न खुट्टा छोएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ३८ बजे

रैथाने बालीमा आत्मनिर्भर बन्दै मनाङ 

मनाङ– मनाङमा खेतीयोग्य भूमि साँघुरिँदै गएको छ । साँघुरिएको खेतीयोग्य

अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थाले

जानकी– नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन्

‘जिल्ला कार्यालय खारेजीले निर्वाचन व्यवस्थापनमा जटिलता आउँछ’

काठमाडौँ – सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूची–१६

बेनीका विद्यालयमा पढाइसँगै सीप कार्यक्रम सञ्चालन

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालिएको छ

हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव भेटियो

मुगु – हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२