१५२ घरधुरीलाई पुनःस्थापनाका लागि सिफारिस « Khabarhub

१५२ घरधुरीलाई पुनःस्थापनाका लागि सिफारिस


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका एक सय ५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष सिफारिस गरेको छ । बाढी र पहिराबाट विस्थापितलाई पुनःस्थापनाका लागि समितिले सो सिफारिस गरेको हो ।

सिरिजङ्गा गाउँपालिकामा एक सय १७ र सिदिङ्वा गाउँपालिकामा ३५ घरधुरीपरिवारलाई पुनःस्थापनाका लागि प्राधिकरणसमक्ष सिफारिस गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विभिन्न गाउँमा गत असार २४ गते गएको वाढी र पहिरोबाट ती घरपरिवार विस्थापित भएका थिए ।

गत साउन १८ गते सिरिजङ्गा र सिदिङ्वाले असार २४ गते बाढी र पहिरोबाट उक्त सङ्ख्याका घरधुरी विस्थापित भएको जनाउँदै पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष पत्र पठाएका थिए ।

बाढी पहिराबाट विस्थापित केही परिवार अहिले आफ्ना आफन्तको घरमा बसेको र केही परिवारले भने टहरा बनाएर बस्दै आएका जनाएको छ । सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले भने, ‘बाढी पहिराबाट विस्थापितलाई पुन स्थापना गर्न संघीय तथा प्रादेश सरकारले ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : ३३ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ