बेहुली फेल हुने थाहा पाएपछि विद्यालयमा आगजनी « Khabarhub

बेहुली फेल हुने थाहा पाएपछि विद्यालयमा आगजनी


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायरो – बेहुली पढ्ने विद्यालयमा आगजनी गरेको आरोपमा इजिप्टमा एक जनालाई पक्राउ गरिएको छ। बेहुलीले यस वर्षको परीक्षामा अनुत्तिर्ण हुने थाहा पाएपछि विद्यालयको कन्ट्रोल रुममा आगो लगाउने २१ वर्षीय युवक पक्राउ परेका हुन् ।

इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको मेनुफिया प्रान्तमा ती व्यक्ति पक्राउ परेका हुन् । दोषीलाई प्रहरीले जेल चलान गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ ।

विद्यालयमा लगाइएको आगलागीमा कोही पनि हताहत नभएको प्राप्त विवरणहरूमा जनाइएको छ । बेहुली फेल भएमा अर्को शैक्षिक सत्रमा अध्ययन गर्नुपर्ने र आफ्नो विवाह एक वर्ष स्थगित हुने भएपछि आफू आगजनीमा उत्रिएको ती युवकले बताएका छन् ।

दमकलले छिट्टै आगो निभाउन सफल भए पनि प्रधानाध्यापकको कार्यालय र केन्द्रीय प्रशासनिक भवनमा ठूलो क्षति भएको छ । आगजनीमा विद्यालयका कागजात पनि जलेर ध्वस्त भएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : २५ बजे

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता