बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु  « Khabarhub

बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनी चोकमा हिजो साँझ पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४५ वर्षीय शम्भु साह रहेका छन् । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको बा ७१ प २९७ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १२ : ३२ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार