तालिबानद्वारा राष्ट्रिय सेना गठन « Khabarhub

तालिबानद्वारा राष्ट्रिय सेना गठन


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वर्ष अफगानिस्तानको शासन कब्जा गरेको तालिबानले राष्ट्रिय सेना गठन गरेको छ । सरकारी समाचार समिति बख्तरका अनुसार राष्ट्रिय सेनामा एक लाख ५० हजार जनालाई समावेश गरिएको छ । बख्तरले उक्त सङ्ख्या अझ बढ्न सक्ने जनाएको छ ।

राष्ट्रिय सेनामा हाल एक लाख ५० हजार कर्मचारी रहेका र त्यसमा अझ वृद्धि हुनसक्ने कार्यवाहक रक्षामन्त्री मोहम्मद याकुव मुजाहिदलाई उद्धृत गर्दै बख्तरले जनाएको छ । रक्षा मन्त्रालयको प्राविधिक टोलीले बितेको एक वर्षमा बिग्रेका ६० वटा हेलिकप्टर मर्मतसम्भार गरेको छ ।

गत वर्षको अगष्टमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेना फर्किएपछि त्यहाँको सरकारलाई सत्ताच्युत गरेर तालिवान समूह सत्तामा आएको हो ।

अमेरिकी नेतृत्वको सुरक्षा फौज अफगानिस्तानमा सक्रिय रहँदा एक लाख ५० हजार जनाको राष्ट्रिय सेनासहित तीन लाख ५० हजार सम्मिलित सुदृढ सुरक्षा बलले देशमा शान्ति सुव्यवस्था कायम गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : १९ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन