लमजुङमा दुर्घटना कम गर्न ट्राफिक व्यवस्थापन अभियान सुरु | Khabarhub Khabarhub

लमजुङमा दुर्घटना कम गर्न ट्राफिक व्यवस्थापन अभियान सुरु


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- जिल्ला प्रहरी कार्यालय लमजुङले ट्राफिक व्यवस्थापन अभियान सुरु गरेको छ । दुई पाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रहरी कार्यालयले लमजुङबाट यस अभियानको सुरुवात  गरेको हो ।

नेपालमा हुने दुर्घटनामध्ये दुई पाङ्ग्रेको सङख्या अत्यधिक छ, दुई पाङ्ग्रे सवारी साधनबाट हुने दुर्घटनाको उच्च जोखिम कम गर्न बेसीशहरमा ट्राफिक व्यवस्थापन अभियान सञ्चालन गरीएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

ट्राफिक व्यवस्थापन तथा सुधार अभियान अन्तर्गत विशेषत प्रहरीले दुई पाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण दिने, सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउने, ठूला सवारी साधनका चालकलाई सडक अनुशासनका बारेमा सिकाइनेछ ।

 सवारी साधनको सङख्या बढ्दै गएको र सडक संरचनाका कारण दुर्घटना हुने गरेकाले सडक संरचना सुधारको आवश्यकता रहेकाले उक्त कार्यक्रम सञ्चालन गरीएको डिएसपी श्रीमलको भनाई छ ।

यस अभियानअन्तर्गत मुख्य शहरी क्षेत्रमा दुई पाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर एक हप्तासम्म अभियानबारे जानकारी दिइने ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख विष्णुबहादुर नेपालीले जानकारी दिए ।

जिल्लामा सवारी दुर्घटना बढी मात्रामा दुई पाङ्ग्रे सवारी साधनका कारण भएकाले ती सवारी चालकलाई ट्राफिक सचेतनाबारे जानकारी गराइने नेपालीको भनाई छ । अभियान सुरु भएसँगै बेसीशहर बजारमा आइतबारबाट एक साइड पार्किङ निषेध अभियान समेत सुरु गरीएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ०० बजे

बागमतीका अर्थमन्त्री भन्छन्- कृषि र पर्यटनको लगानीले प्रदेशमा रोजगारी बढाउँछ

काठमाडौं– बागमती प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा

हजारौँ दशनार्थीको सहभागितामा गहवामाई रथयात्रा

वीरगञ्ज– वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथयात्रा शुक्रबार मनाइएको छ । गहवा

‘भाइरल मेयर’कै स्थानीय तह बजेटविहीन !

काठमाडौँ – रौतहटको वृन्दावन नगरपालिकामा बेथिति बढेको र नगरप्रमुखले नागरिकको

धनुषामा आँप महोत्सव हुँदै, घुम्न आउने पर्यटकलाई निःशुल्क खुवाइने

महेन्द्रनगर– धनुषामा दुई दिने आँप महोत्सव आयोजना हुने भएको छ

दूध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन

काठमाडौं– सरकारले देशभरका दूध उत्पादक कृषकको करिब तीन अर्ब रुपैयाँ बक्यौता