भारतीय सेनाको ३१ सदस्यीय टोली नेपालमा « Khabarhub

भारतीय सेनाको ३१ सदस्यीय टोली नेपालमा


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाको टोली नेपाल आएको छ । ३१ सदस्यीय टोली पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आएको हो । भम्रणदलको नेतृत्व एयर भाइस मार्शल तेजवीर सिंहले गरेका छन्।

नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहित टोली नेपाल आएको हो । उनीहरूले भदौ १६ गतेसम्म नेपाल भ्रमणका क्रममा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनका साथै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यतालिका छ।

भ्रमणदलले सोमबार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन्। सोमबार नै उनीहरूले जंगी अड्डाको भ्रमण गर्ने कार्यक्रम पनि छ।

यस्तै मंगलबार पोखरास्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम छ।साथै भ्रमणदलले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाण्डौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ।

छिमेकी मित्रराष्ट्रहरूबाट हुने यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् वृहत्तर पार्न थप मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। विगतमा पनि विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरूले नेपालको भ्रमण गर्ने प्रचलन रहिआएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : १७ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा