कांग्रेसले सिट बाँडफाँटमा सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्छ : प्रचण्ड « Khabarhub

कांग्रेसले सिट बाँडफाँटमा सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्छ : प्रचण्ड


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा एमाले बाहेकको वाम गठबन्धन सम्भव भएको बताएका छन् ।

माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार ललितपुरको सानेपामा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे वामपन्थी दलहरूको गठबन्धन बन्ने बताएका हुन् ।

उनले भने ‘आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अहिलेको पाँच दलीय सत्तारुढ गठबन्धन एकढिक्का भएर जान्छ । तर कांग्रेसले मानेन, गठबन्धनमा शक्तिको सही पहिचान गर्न मन गरेन भने हामीले वाम गठबन्धनलाई अगाडि बढाएर राम्रै परिणाम ल्याउन सक्छौं । सत्तारुढ गठबन्धन भित्रका वामपन्थी दलहरू मिल्दा पनि हाम्रो नराम्रो परिणाम आउँदैन ।’

यस्तै‘ प्रचण्डले आगामी चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति बनाउनेगरी लाग्न निर्देशन दिएका छन् । उनले आगामी मंसिर ४ गतेको चुनावबाट संसदको दोस्रो शक्ति बन्ने प्रवल सम्भावना भएकाले चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् ।

‘हामी यो चुनाव काँग्रेससँगै गठबन्धन गरेर जानुपर्छ । त्यसबाट दायाँबायाँ हुने अवस्था छैन । काँग्रेसले धोका दिएमा गठबन्धनभित्रै वामपन्थी मिलेर भएपनि तालमेल हुन्छ’ प्रचण्डको भनाई उदृत गर्दै प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले भने, ‘हामी यो चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति हुने सम्भावना छ । त्यसरी चुनावमा केन्द्रीत भई लाग्नुस् ।’ काँग्रेस सहितको गठबन्धन बनाएर गएमा माओवादी संसदको दोस्रो शक्ति हुन कसैले रोक्न नसक्ने प्रचण्डले बताए ।

उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ३९ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल