लिबियामा सेना र सशस्त्र समूहबीच झडप, ३२ जनाको मृत्यु « Khabarhub

लिबियामा सेना र सशस्त्र समूहबीच झडप, ३२ जनाको मृत्यु


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् ।

अरब न्यूजका अनुसार सेना र सशस्त्र समूहबीच भएको झडपमा ३२ जनाको मृत्यु भएको छ भने १५९ जना घाइते भएका छन् ।

लिवियामा सशस्त्र समूहले शुक्रबार साँझदेखि कैयौँ अस्पतालमा क्षति पु¥याउनुका साथै भवनमा आगजनी गरेका थिए । आक्रमणबाट छ वटा अस्पताल प्रभावित भएका छन् र एम्बुलेन्सहरु प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन्, मन्त्रालयले घटनालाई यसअघि नै ‘युद्ध अपराध’को सज्ञा दिँदै यसको निन्दा गरेको थियो ।

सन् २०१९ र २०२० मा हफ्तारले लिबियाको राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेयता लिबियाको राजधानीमा भएको यो सबैभन्दा घातक हिंसा हो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : ३१ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका