इस्लामिक स्टेटका १८ सय लडाकुलाई रिहा गरेको तालिबानद्वारा स्वीकार « Khabarhub

इस्लामिक स्टेटका १८ सय लडाकुलाई रिहा गरेको तालिबानद्वारा स्वीकार


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा गत वर्ष तालिबानले सत्ता कब्जा गरेसँगै १८ सय भन्दा धेरै इस्लामिक स्टेटका लडाकु जेलबाट रिहा भएको तालिबानले जनाएको छ ।

तालिबानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले जनाएअनुसार गत वर्ष तालिबानले बाग्राम र पुल ए चार्खीमा रहेका जेलबाट १८ सयभन्दा धेरै इस्लामिक स्टेटका लडाकुलाई रिहा गरिएको जनाएका हुन् ।

द फ्रन्टियर पोस्ट्ले जनाएअनुसार विदेशमन्त्री मुत्ताकीले इस्लामिक स्टेटका लडाकुलाई रिहा गरिएको स्वीकार गरेका हुन् । यद्यपि उनले हाल आफ्नो समूह मजबुत भइसकेको एवम् इस्लामिक स्टेटविरुद्ध लड्न सक्षम रहेको समेत दाबी गरेका छन् ।

उनले गत वर्ष आफ्ना लडाकुले मुलुकको जवजवान प्रान्तमा इस्लामिक स्टेटका केही लडाकुलाई घेराबन्दीमा पारेको भएपनि पूर्ववर्ती सरकारले उनीहरुलाई राजधानी काबुलतर्फ लगेको समेत दाबी गरे ।

यसअघि अमेरिकी अधिकारीले तालिबानले इस्लामिक स्टेटका लडाकुलाई रिहा गरेका कारण उक्त समूह अफगानिस्तानमा मजबुत बन्दै गएको जनाएका थिए ।

पछिल्लो समय इस्लामिक स्टेटले अफगानिस्तानमा सैनिक एवम् सार्वजनिक निशानालाई लक्षित गरी विभिन्न घातक हमलाहरु गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : २८ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन