बालक अपहरणको विरोधमा पाकिस्तानमा प्रदर्शन « Khabarhub

बालक अपहरणको विरोधमा पाकिस्तानमा प्रदर्शन


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १३ वर्षे बालकको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ । बालकको अपहरणको विरोधमा पाकिस्तानको सिन्ध प्रान्तस्थित ज्याकोबावाद सहरमा प्रदर्शको आयोजना गरिएको हो ।

प्रदर्शनकारीले अपहरित बालकलाई तत्काल उद्धार गर्न प्रशासनसमक्ष माग गरेका छन् ।

ती बालकलाई नजिकै रहेको रमजानपुर सहरबाट अपहरण गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

अपहरित बालकको उद्धार गर्नमा प्रहरी असक्षम भएको प्रदर्शनकारीको आरोप छ ।

पाकिस्तानमा आपराधिक घटनामा वृद्धि हुँदै गएको समाचार सार्वजनिक भइरहँदा अपहरणविरुद्ध प्रदर्शनको आयोजना गरिएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : ४८ बजे

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित