प्रिमियर लिगमा टोटेनहमको सहज जित | Khabarhub Khabarhub

प्रिमियर लिगमा टोटेनहमको सहज जित


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले नटिङघम फरेस्टलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले नटिङघम फरेस्टलाई २–० गोल अन्तरले हराएको हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे ।खेलको पाँचौं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

खेलको ५६ औं मिनेटमा पाएका पेनाल्टीमा केन गोल गर्न चुके । उनको प्रहार फरेस्टका गोलकिपर डिन हेण्डरसनले उत्कृष्ट बचाउ गरे । खेलको ८१ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २– ० को जित दिलाए ।

यस जितसँगै टोटेनहमले ४ खेलमा १० अंक जोडेको छ ।टोटेनहम तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ११ : ३० बजे

भारी वर्षापछिको बाढीले चीनमा ११ जनाको मृत्यु

हेफेई– चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तीमा ११ जनाको

वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन

पृथ्वी राजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालन

दमौली– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको

भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं– मुगुको छाँयानाथ रारा नगरपालिका-१४ लुम खोलाबाट भरुवा बन्दुक १

भारतीय पुँजी बजारमा विदेशी लगानीको ओइरो

काठमाडौं-  प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका निर्वाचित भएसँगै भारतमा उल्लेखनीय