अब्बल एयरलाइन्स सेवामा एसियाकै एकलौटी नेतृत्व | Khabarhub Khabarhub

अब्बल एयरलाइन्स सेवामा एसियाकै एकलौटी नेतृत्व

कतार पहिलो, सिंगापुर दोस्रो, युएईको फ्लाइ इमिरेट्स तेस्रो


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कोभिड महामारी र प्रतिकुल मौसमका कारण पछिल्ला समय उड्डयन क्षेत्र धेरै प्रभावित भएको छ । कम उडान तथा डिलेका विषय यो समयमा सामान्य बनेका थिए ।

लामो समयको प्रतिकुल समय पछि केही दिन अघि बेलायतमा उड्डयन व्यवसायीहरू भेला भएका थिए । बेलायतको लाङघम होटेलमा जम्मा भएर उनीहरूले स्काइट्रयाक्स वर्ल्ड एयरलाइन्स अवार्ड २०२२ को आयोजना गरेका थिए । सन् २०१९ पछि यो अवार्ड वितरण कार्य पहिलो पटक भएको हो ।

बेलायतको एयरलाइन्सको समीक्षा तथा वरीयता मापन गर्ने साइटले सेप्टेम्बर २०२१ देखि अगस्ट २०२२ को बिचमा संसारका १ सय भन्दा बढी देशका १ करोड ४० लाख भन्दा बढी यात्रुको बिचमा गरेको सर्वेक्षणको आधारमा उत्कृष्ट एयरलाइन्सको चयन गरेको हो ।

यस पटकको उत्कृष्ट एयरलाइन्सको अवार्ड पनि कतार एयरवेजले पाएको छ । सन् १९९९ देखि सुरु भएको यो अवार्ड कतारले सातौँ पटक जितेको हो । कतार एयरलाइन्सले सो अवार्डमा अन्य ८ विधामा सफलता पाएको थियो । वेस्ट बीजीनेस क्लास, बेस्ट बीजीनेस क्लास सिट र बेस्ट बिजनेस क्लास लङ डाइनिङमा कतार एयरवेज उत्कृष्ट ठहरिएको हो ।

दुई महिना अगाडि एयरलाइन्स रेटिङ डटकमले कायम गरेको वरियतामा पनि कतार एयरवेज पहिलो भएको थियो । कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल बकारले कर्मचारीको उत्कृष्ट झुकाव र लगावका कारण यी सबै सम्भव भएको बताएका छन् ।

‘उनीहरूको लगातारको समर्पणका कारण यो सम्भव भएको हो ’उनले भने ‘कम्पनीले स्थापनाको रजत महोत्सव मनाइरहेको समयमा यो प्राप्त गर्नु अझ बढी गर्वको विषय हो ।’

उनले सेवामा स्थिरता, उत्पादनमा स्थिरता, यात्रुमा दिइएको ध्यान र समर्पण नै सफलताको कारण भएको बताएका छन् । त्यसै सर्भे अनुसार सिंगापुर एयरलाइन्स दोस्रो स्थानमा छ । सिंगापुरले नौ अवार्ड जितेको छ । त्यसमा वेस्ट क्याबिन स्टाफ, वेस्ट फस्ट क्लास, वेस्ट फस्ट क्लास सिट र वेस्ट फस्ट क्लास क्याटरिङ समावेश छन् ।

युएईको फ्लाइङ इमिरेट्स तेस्रो स्थानमा छ । वेस्ट इकोनमी क्लास, वेस्ट इन फ्लाइट इन्टरटेनमेन्ट, वेस्ट इकोनमी क्लास क्याटरिङवेस्ट प्रिमियम इकोनमी क्लास सिटमा सो एयरलाइन्स उत्कृष्ट ठहर भएको हो ।

जापानको अल निपोन एयरवेज चौथो स्थानमा छ । सोही एयरलाइन्सलाई संसारको सबैभन्दा सफा एयरलाइन्स समेत घोषणा गरिएको छ । दुई वर्ष कोभिड महामारीको समयमा यात्रुहरू स्वास्थ्यका बारे अझ बढी सचेत भएका कारण हरेक एयरलाइन्स र विमानको वातावरण विगतको भन्दा सफा रहे पछि निपोन एयरवेज यस सवालमा अझ अगाडि रहेको थियो । वेस्ट एयरपोर्ट सर्भिससहित यस एयरलाइन्सले चार अवार्ड जितेको थियो ।

३ सय ५० भन्दा बढी एयरलाइन्सको त्यो सर्वेक्षणमा अस्ट्रेलियाको एयरलाइन्स कान्तस पाँचौँ स्थानमा रहेको थियो । सर्वेक्षण अङ्ग्रेजी, फ्रान्सेली, स्पेनिस, रुसी, जापानी र चिनिँया भाषामा भएको थियो ।

अमेरिकाको सबैभन्दा उत्कृष्ट एयरलाइन्स डेल्टा बनेको थियो । सो एयरलाइन्सले ६ वटा क्षेत्रीय अवार्ड पनि जितेको थियो । यसै गरी, टर्कीस एयरलाइन्सलाई युरोपको उत्कृष्ट एयरलाइन्सको रूपमा सूचीकृत गरिएको थियो । टर्कीस एयरलाइन्सले हाइएस्ट कम्पीटीटीभ वेस्ट एयरलाइन्स इन युरोपको अवार्ड सहित ६ अवार्ड हात पारेको हो ।

युरोपमा सधैँ विवादमा आउने तथा विवादमा नडराउने भनेर परिचय बनाएको आयरल्यान्डको रायनयारले ३७ वर्षे विवादास्पद इतिहास पार गर्दै यस पटक सफलता पाएको छ । सो एयरलाइन्सले पाएको सफलतालाई नै आश्चर्यको विषय मानिएको छ । रायनायरले युरोपको सबैभन्दा कम मूल्यको एयरलाइन्सको रूपमा कीर्तिमान कायम गरेको हो ।

गएको सिजनमा कम मूल्यमा यात्रा गराएको मात्र होइन थोरै मात्र फ्लाइट रद्द गराएको आफूलाई विश्वसनीय बनाउन सो एयरलाइन्स सफल भएको थियो । आफ्ना प्रतिद्वन्द्वी एयरलाइन्सले उडान रद्द गरेर अलपत्र गरेका थुप्रै यात्रुलाई उद्धार गर्ने काम पनि सोही एयरलाइन्सले जुलाई र अगस्टमा थुप्रै पटक गरेको थियो ।

रुवान्डा एयरकी अल्बर्टिना मुरासिराले अफ्रिकाको उत्कृष्ट एयरलाइन्स स्टाफ सेवाको अवार्ड जितेकी छिन् । उनले भविष्यमा ग्राहकको सेवामा समर्पित हुन अझ प्रेरणा मिलेको प्रतिक्रिया दिएकी छिन् ।

‘उत्कृष्ट कर्मचारीको पुरस्कार पाउनु साँच्चै गर्वको विषय हो,’ उनले भनेकी छिन् ‘ यसले यात्रुको सेवामा अझ बढी ध्यान दिन र यसै पेसामा सक्रिय रहन हामीलाई प्रेरणा मिलेको छ ।’

स्काइट्रयाक्सका कार्यकारी प्रमुख एडवार्ड प्लेइस्टेडले यो अवार्ड जारी रहेकै समयमा पनि हवाई यातायात उद्योगले कोरोना भाइरसको विभिन्न स्ट्रेन, रुसले युक्रेन माथि गरेको हमला, कर्मचारी अभाव र इन्धनको बढ्दो मूल्य लगायत समस्यासँग जुधी रहेको बताएका छन् ।

‘यी सबै समस्याका बाबजुद यस समयलाई हामीले खुसियालीको रूपमा मनाउनु पर्छ ।’ स्काइट्रयाक्सले गरेको यो सर्भेमा एयरलाइन्सले कुनै आर्थिक भार बहन गरेका छैनन् । साथै दर्ता शुल्क पनि राखिएको थिएन ।

स्काइट्रयाक्सकै आधारमा संसारका उत्कृष्ट २० एयरलाइन्सको सूचीको पाँचौँ स्थानमा कान्तस एयरवेज र छैटौँ स्थानमा जापान एयरलाइन्स छ । यसै गरी, टर्कीस एयरलाइन्स सातौँ स्थानमा छ । एयर फ्रान्स आठौँ, कोरियन एयर नवौँ र स्विस इन्टरनेसनल एयरलाइन्स दशौँ स्थानमा छन् ।

ब्रिटिस एयरवेज ११ औ, इत्तिहाद एयरवेज १२ औ र चाइना साउथर्न एयरलाइन्स १३ औ स्थानमा छन् । हाइनन एयरलाइन्स १४ औ ,लुफ्थान्सा १५ औ , केथी प्यासिफिक १६ औ, केएलएम १७ औ,इभीए एयर अठारौँ, भर्जिन एटलान्टिक १९ औ तथा भिस्टरा २० औ स्थानमा छन् ।

यस अगाडी एयरलाइन्स रेटिङ डटकमले गरेको सर्भेमा कतार एयरवेज पहिलो स्थानमा रहँदा दोस्रोमा एयर न्युजील्यान्ड थियो । जुलाई महिनामा तयार गरिएको सो सुचीमा इत्तिहाद एयरवेज तेस्रो, कोरियन एयर चौथो तथा सिंगापुर एयरलाइन्स पाँचौँ स्थानमा थिए ।

कन्तास छैटौँ, भर्जिन अस्ट्रेलिया सातौँ, इभीए एयर आठौँ, टर्कीस एयरलाइन्स नवौँ, अल निपोन एयरलाइन्स १० औ र क्याथी क्यासफीक एयरवेज ११ औ स्थानमा रहे । भर्जिन एटलान्टीक १२ औ, जापान एयरलाइन्स १३ औ, जेट ब्लु १४ औ र फनिएयर १५ औ स्थानमा रहे ।

इमिरेट्स १६ औ, हवायान १७औ, एयर फ्रान्स १८ औ, अलास्का एयरलाइन्स १९ औ तथा ब्रिटिस एयरवेज २० औ स्थानमा रहे ।

एयरलाइन्स रेटिङ डटकम कार्यकारी प्रमुख जीयोफ्री थोमसकै अनुसार नेतृत्व र अनलाइनसँग सम्पर्क गरिएको थियो भने यात्रुको अनुभवलाई मुख्य आधार बनाइएको थियो ।

सबै खाले सर्वेक्षणमा कतारको यस सफलताका केही आधार छन् । जुनसुकै समयमा सहजै बुक गर्न मिल्ने यो एयरवेजले स्पा र सुत्ने कोठा मात्र होइन लामो ट्रान्जिटको समयमा स्विमिङ पुल सम्म भएको होटेल उपलब्ध गराउन सक्छ ।

कोभिड-१९ को महामारी चली रहेको समयमा त्यसै एयरवेजले ल्याएको बिमा प्याकेजले सबैलाई उत्साहित बनाएको थियो । स्काइट्रयाक्सकै सर्वेक्षणमा कतारलाई पछ्याएको सिंगापुरका केही आधार पक्कै छन् । यसमा खाना बनाउने सेफहरू अन्तर्राष्ट्रिय स्तरमा अवार्ड पाइसकेका छन् । उडानमा पाइने मनोरञ्जन यसको अर्को विशेषता हो । खेल, सङ्गीत र फिल्मको छनोटको दायर फराकिलो बनाइएका छन् ।

सिंगापुर एयरलाइन्समा १ सय १० एयरपोर्टमा पुग्ने छ । यस एयरलाइन्सका १ सय ८३ क्राफ्ट छन् । इमिरेट्सको उडान पनि प्रत्येक दिन ६ वटै महादेशमा भइरहेका हुन्छन् । यसका २ सय ६२ विमान १ सय ५२ एयरपोर्टमा पुग्ने गर्छन् । कोभिड १९ को महामारीबाट सबै भन्दा चाँडो पार पाउने एयरलाइन्स पनि त्यही थियो ।

यसै गरी एनए अल निपोनका ८२ घरेलु र १ सय १८ अन्तर्राष्ट्रिय रुट छन् । यो जापानको सबैभन्दा ठुलो एयरलाइन्स हो । संसारको हवाई यातायात व्यवसायको सङ्कटग्रस्त यो पछिल्लो समयमा एसियाका केही एयरवेज भने साँच्चै अग्रणी ठहरिएका छन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ८ : ५७ बजे

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको