बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. कांग्रेसभित्र समानुपातिक सूचिमा सन्तुष्टि 

नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्ने तयारी भएको छ । संस्थापनइतर (शेखर कोइराला–गगन थापा) निकट केही नेताहरूले समानुपातिक उम्मेदवार सूची तयार पार्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै असन्तुष्टिका जनाएपछि सभापति देउवाले सूचि हेरफेर गर्ने तयारी गरेको जनाईएको छ ।

२. आजदेखि निर्वाचन आचारसंहिता लागू 

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारेको आचारसंहिता आज देखि लागू भएको छ । आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न  पाइने आचारसंहितामा उल्लेख छ । यद्यपि, सरकारी स्रोतसाधन भने प्रयोग गर्न पाउने छैनन् । संवैधानिक पदाधिकारीहरू कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन नपाउने पनि आचारसंहितामा व्यवस्था छ । उनीहरूले आफ्नो कार्यालय र आवास कुनैपनि उम्मेदवारहरूलाई प्रयोग गर्न दिन पाउने छैनन् ।

३. रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै

विवेकशील साझाबाट राजिनामा दिनुभएका रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुहुने भएको छ । पार्टी प्रवेश कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गरिएको छ । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए । मिश्रले राप्रपाको कुन पद पाउने भन्ने औपचारिक रुपमा सार्वजनिक भइनसमेपनि तेस्रो वरियतामा रहने बताइएको छ ।

४. आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । कम्पनीको थापाथलीमा रहेको  प्रादेशिक  कार्यालयबाट आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ । दाङ, धादिङ, मकवानपुर लगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्ग्रा पनि काठमाडौँ आइसकेका छन् । कम्पनीले हिजो खसीबोका प्रतिकेजी  ६ सय  ८०  रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

 ५. दशैँ मनाउन घर फर्कनेको लर्को

काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसायमा रहेकाहरू दशैँ मनाउन आ–आफ्नो स्थायी घर फर्कन थालेपछि मुख्य राजमार्गहरूमा सवारी साधनको लाम लाग्न थालेको छ । रोजगारी, पढाइ ,व्यवसाय गर्न राजधानी छिरेकाहरू दशैँका लागि आफ्ना सर–सामान बोकेर बिहानैदेखि घर फर्कन थालेका हुन् । केही दिन अगाडिनै टिकट काटेका उनीहरू गाउ घर जान थान थालेका हुन् । दशैँमा काठमाडौं बाहिरिने यात्रुको संख्या हिजो देखि बढेको ट्राफिक प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

६. सल्यानमा जिप दुर्घटना  हुँदा ८ जनाको मृत्यु

सल्यानको कपुरकोटमा आज बिहान भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना हुँदा जीप चालक कपुरकोट-६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उनका छोरा ११ वर्षका वसन्त वलीको मृत्यु भएको छ । त्यस्तै ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट-५ रिमका ३५ वर्षका ललित वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका कपुरकोट-६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ ।

७. आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिदै

नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरि मनाइदै छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्र शस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र कल्याणकारी रहेको छ । असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेको श्रीमद् देवीभागवत पुराणमा उल्लेख छ ।

८. आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । उक्त सेयर किन्न चाहने लगानीकर्ताहरूले न्यूनतम ३९५ रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।

९. युक्रेनका ४ क्षेत्र रुसमा गाभिने दाबी

रुसी अधिकारीहरुले पूर्वीयुक्रेनस्थित ४ वटा क्षेत्रमा गरिएको जनमत सङ्ग्रहमा स्वतन्त्रता पक्षधरको जित भएको दावी गरेका छन् । दोनेत्स्क, लुहान्स्क, जापोरिजियाखर्सोनमा हिजो सम्पन्न गरिएको जनमत संग्रह युक्रेनबाट अलग हुने र रुसमा गाभिने पक्षमा आएको दावी गरिएको हो । ती ४ क्षेत्र युक्रेनबाट अलग भएमा युक्रेनले कुल क्षेत्रफलको १५ प्रतिशत भू-भाग गुमाउने जनाइएको छ । जापोरिजियामा ९३ प्रतिशत मत रुसमा गाभिने पक्षमा खसेको दाबी गरिएको छ ।

१०. श्रीलंकालाई हराउँदै नेपालको पहिलो जित

माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । मालेमा गए राति श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालले श्रीलंकामाथि ५५-४९ को जित निकालेको हो । यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो । अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग आज खेल्नेछ । प्रतियोगितामा ४ राष्ट्र सहभागी छन् । राउण्ड रोबिनको लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १० : ०३ बजे

‘मदन भण्डारी फाउण्डेशनलाई ‘कन्स्पिरेसी थ्योरी’ बनाउन आवश्यक छैन’

काठमाडौं– मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले मदन भण्डारी फाउण्डेशन

‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र भण्डारी अतिथि

काठमाडौँ – नेकपा (एमाले) का पूर्वमहासचिव स्व. मदनकुमार भण्डारीको ७४औँ

भारतमा छोरी मारिइन्, राहत रकम आफन्तले लुटे

सुर्खेत – छोरीको हत्या भएपछि राहतवापत् भारत सरकारले प्रदान गरेको

सुडानमा अर्धसैनिक बलको आक्रमण, १३ सर्वसाधारणको मृत्यु

एजेन्सी– पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फासेरमा अर्धसैनिक

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको