निर्वाचन व्यवस्थापन प्रशिक्षण आजदेखि सुरु, आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिने « Khabarhub

निर्वाचन व्यवस्थापन प्रशिक्षण आजदेखि सुरु, आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिने


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।

‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ सञ्चालनको लागि मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन व्यवस्थापन प्रशिक्षण आज देखि प्रारम्भ गरियो,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा हुँदैछ । निर्वाचन सम्पन्न गर्नको लागि आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिने उनले जनाए ।

‘असोज १५ देखि २० गते सम्ममा १६५ वटै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन्,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : ०७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले