चलचित्र ‘नम्बरी सुन’ को पहिलो गीत रेकर्ड  « Khabarhub

चलचित्र ‘नम्बरी सुन’ को पहिलो गीत रेकर्ड 


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड गरिएको छ । सुवर्ण सिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नम्बरी सुनको पहिलो गीत रेकर्ड गरिएको छ ।

संगीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध रहेको गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ ।  करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ ।

लमजुङको भुज्रुङ खोला, हेटौँडा, काठमाडौँका विभिन्न ठाउँमा चलचित्रको छायाङ्कन गरिनेछ । नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको चलचित्रको कथा, गीत पनि उनकै रहनेछ ।

अन्तर्राष्ट्रिय बजारलाई हेरेर छायांकन गर्न लागिएको चलचित्र नम्बरी सुनको निर्देशन राजु गिरिले गर्नेछन् । चलचित्रको मुहूर्तपछि कलाकारको जानकारी गराइने भए पनि पुराना र नयाँ कलाकारको मिश्रण रहने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : ३३ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा