बाम्राङ चुप्लामा माल्टे खानेपानी योजना सम्पन्न  « Khabarhub

बाम्राङ चुप्लामा माल्टे खानेपानी योजना सम्पन्न 


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ चुप्लास्थित माल्टे खानेपानी योजना सम्पन्न भएको छ । प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ४३ लाखको लागतमा सम्पन्न भएको खानेपानी योजना मंगलबार खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले उद्घाटन गरेका छन् ।

खानेपानी योजना सञ्चालनमा आएपछि चुप्लाका ४७ घरधुरी लाभान्वित भएका छन् । व्यवस्थित खानेपानीको अभाव झेल्दै आएका स्थानीयलाई लक्षित गर्दै स्थानीय युवा नेता युगसन किरातको पहलमा खानेपानी योजनाका लागि प्रदेशबाट आर्थिक वर्ष २०७८/०७९ मा ३० लाख र चालू आर्थिक वर्ष १३ लाख बजेट विनियोजन भएको थियो ।

चुप्लामा सात किलोमिटर दूरीमा रहेको माल्टे मुहानबाट पानी ल्याइएको हो । खानेपानी योजनाका लागि १० हजार लिटर क्षमताको दुई वटा रिजर्भ ट्यांकी निर्माण गरिएको प्रदेश खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय खोटाङका इन्जिनियर मोहन महासेठले बताए । पिउने पानीको अभाव रहेको चुप्लामा घरघरमा एक धारा सञ्चालनमा आएपछि स्थानीय हर्षित बनेका छन् ।

बाम्राङकै खत्रीगाउँ, थापागाउँ र तल्लो दलित टोलमा प्रदेश सरकारबाट चालू आर्थिक वर्ष १५ लाखको खानेपानी योजना सम्झौता भइसकेको र सुर्के गैरा टोलका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट सात लाख विनियोजन भएको छ । ‘दुवै योजनाको काम चाँडै अगाडि बढ्ने छ,’ किरातले भने, ‘वडाको बाँकी टोलमा अर्को साल योजना पारिने छ । खानेपानीमा हामी व्यवस्थित हुँदैछौं ।’

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : १६ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र