भक्तपुर नगरपालिकाद्वारा मासु पसल अनुगमन « Khabarhub

भक्तपुर नगरपालिकाद्वारा मासु पसल अनुगमन


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले आज कमल विनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको छ ।

समितिका संयोजक गोराले भने, “मासु पसलको अनुगमनमा गर्दा मासुमा झिँगा भन्किएको, पसल दर्ता नगर्ने, दर्ता गरेकाले पनि वर्षौँदेखि नवीकरण नगर्ने, मार्बल वा टायल नराखेको, तराजु नवीकरण नभएको, फोहर पानीले मासु सफा गरेको, पानी ढल निकासमा सजिलै जाने गरी निकासको व्यवस्था नगरेको, कामदारलाई बुट र पञ्जाको व्यवस्था नगरेको पायौँ, उनीहरूलाई यो सबै व्यवस्था गर्न निर्देशन दिएका छौँ ।”

बजार निरीक्षक रामकृष्ण प्रजापतिले अनुगमनका क्रममा नियम पालना नगर्नेको सम्पूर्ण कागजपत्र लिएर तीन दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको बताउँदै दर्ता नवीकरण नभएका ढक तराजु जफत गरिएको बताए।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : ४४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको