कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने « Khabarhub

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित हुने भएका छन् । कांग्रेस नेता उदयशमशेर राणाका अनुसार सत्तारुढ दलका सभापतिले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गत असार ७ देखि १२ गतेसम्म चितवनमा गरेको महाधिवेशनमा पनि कांग्रेस सभापति गगन थापा उपस्थित भएका थिए । यस्तै, महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि उपस्थित हुने भएका छन् ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कांग्रेसको महाधिवेशनमा उपस्थित हुने कार्यतालिका छ । उसो त एमाले अध्यक्ष ओलीले गगन थापालाई सभापति नस्वीकारेको र देउवातिर ढल्किएको आरोप पनि लाग्ने गरेको छ । तर, ओली महाधिवेशनमा उपस्थित भएर शुभकामना दिने तयारीमा रहेको उनको सचिवालय बताउँछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशनमा उपस्थित हुने सम्भावना छ । तर अहिलेसम्म उनलाई निम्तो पुगेको छ या छैन भन्ने जानकारी गराइएको छैन । यता हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई उपस्थित हुने भएका छन् ।

नेपाली कांग्रेसले १५औं महाधिवेशन १८ गतेदेखि २२ गतेसम्म गर्न लागेको छ । यता पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने मंसिरमा महाधिवेशन गर्नेगरी समानान्तर गतिविधि अगाडि बढाएको छ । अहिले कांग्रेस देउवा पक्ष वडा अधिवेशन गरिरहेको देखिन्छ । कांग्रेस देउवा पक्षका नेता प्रकाश शरण महतका अनुसार दशैं अगाडिसम्ममा वडा अधिवेशन सक्ने तयारी छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ५ : ३४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको