विश्वव्यापी आर्थिक मन्दी आउनसक्ने विश्व व्यापार संगठनकी महानिर्देशकको चेतावनी « Khabarhub

विश्वव्यापी आर्थिक मन्दी आउनसक्ने विश्व व्यापार संगठनकी महानिर्देशकको चेतावनी


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दी आउनसक्ने संकेत दिएको छ । विभिन्न संकटका कारण विश्वको अर्थतन्त्र मन्दीतर्फ अघि बढिरहेको डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो इबेआलाले चेतावनी दिएकी हुन् ।

आर्थिक वृद्धिलाई पुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेनमा जारी युद्ध, खाद्यान्नको बढ्दो मूल्य, उर्जाको मूल्यमा आएको उतारचढाव र कोभिड महामारीको परिणामले विश्व आर्थिक मन्दीको अवस्था सृजना गरेको जनाइएको छ ।

‘अब हामीले आगामी दिनमा मन्दी जस्तो देखिने मौसमको सामना गर्नुपर्नेछ’, उनले जेनेभामा एक कार्यक्रम उद्घाटनका क्रममा भनिन्, ‘मलाई लाग्छ विश्वव्यापी मन्दी, हामी विस्तारै अगाडि बढ्दै गरेको पनि त्यतै तिर हो भन्ने मलाई लाग्छ । तर, रिकभरीको लागि पनि हामीले सोच्न सुरु गर्नुुपर्छ । हामीले आर्थिक वृद्धि पुन जगाउनुपर्छ ।’

उनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष दुबैले विश्वव्यापी वृद्धि प्रक्षेपणलाई घटाएको उल्लेख गरिन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार उनले व्यापारिक तथ्याङ्क सूचकहरू पनि ‘धेरै राम्रो नदेखिएको’ बताइन् ।

नाइजेरियाको पूर्व अर्थ र विदेशमन्त्री समेत रहेकी इबेआलालो केन्द्रीय बैंकहरु कठिन ठाउँमा रहेको बताउँदै अगाडिको मार्गमा थोरै मात्र विकल्प रहेको बताइन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : १९ बजे

रास्वपाको उद्घोष सभापछि यस्तो देखियो कार्यक्रमस्थल (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

धमाधम कांग्रेसको टिकट बाँड्दै गगन, कस-कसले पाए उम्मेदवारी पत्र ?

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र