क्युबामा आँधीको प्रकोप : एक जनाको मृत्यु, १० लाख मानिस विद्युतविहीन « Khabarhub

क्युबामा आँधीको प्रकोप : एक जनाको मृत्यु, १० लाख मानिस विद्युतविहीन


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यारेबियन सागरमा अवस्थित टापु मुलुक क्युबामा आँधीपछि १० लाख मानिस विद्युतविहीन भएका छन् । इयान नाम दिइएको आँधीका कारण एक जनाको मृत्युको भएको छ भने भवन तथा भौतिक संरचनामा ठूलो क्षति भएको बीबीसीले जनाएको छ ।

क्युबाली अधिकारीहरूले मुलुकको ६ वटा क्षेत्रमा आपतकाल घोषणा गरेका छन् । मौसम पूर्वानुमान गर्ने निकायहरूले आँधी प्रभावित क्षेत्रमा अचानक बाढी पहिरो आउनसक्ने चेतावनी दिएका छन् ।

आँधीबाट भएको क्षतिको अवलोकन गर्न क्युबाका राष्ट्रपति मिगुएल डियाज कनालले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेको जनाइएको छ ।

यस आँधी १९५ किलोमिटर प्रतिघण्टा (१२० माइल प्रतिघण्टा) को गतिमा अहिले अमेरिकाको फ्लोरिडा राज्यतर्फ बढिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

करिब एक शताब्दीमा पहिलो पटक फ्लोरिडाका केही क्षेत्रले तीव्र गतिमा आएको आँधीको सामना गर्न लागेको मौसमविद्हरुले जनाएका छन् । मंगलबार रातिसम्म आँधी मेक्सिकोको दक्षिण–पूर्वी खाडीबाट अझ बलियो हुँदै अघि बढेको थियो ।

फ्लोरिडाका गर्भनर रोन डिसान्टिसले आपतकाल घोषणा गरेका छन् । उनले प्रभावित क्षेत्रमा उद्दारको प्रयासका लागि ५ हजार राष्ट्रिय गार्डलाई परिचान हुन आदेश दिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : २७ बजे

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि