क्युबामा आँधीको प्रकोप : एक जनाको मृत्यु, १० लाख मानिस विद्युतविहीन | Khabarhub Khabarhub

क्युबामा आँधीको प्रकोप : एक जनाको मृत्यु, १० लाख मानिस विद्युतविहीन


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यारेबियन सागरमा अवस्थित टापु मुलुक क्युबामा आँधीपछि १० लाख मानिस विद्युतविहीन भएका छन् । इयान नाम दिइएको आँधीका कारण एक जनाको मृत्युको भएको छ भने भवन तथा भौतिक संरचनामा ठूलो क्षति भएको बीबीसीले जनाएको छ ।

क्युबाली अधिकारीहरूले मुलुकको ६ वटा क्षेत्रमा आपतकाल घोषणा गरेका छन् । मौसम पूर्वानुमान गर्ने निकायहरूले आँधी प्रभावित क्षेत्रमा अचानक बाढी पहिरो आउनसक्ने चेतावनी दिएका छन् ।

आँधीबाट भएको क्षतिको अवलोकन गर्न क्युबाका राष्ट्रपति मिगुएल डियाज कनालले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेको जनाइएको छ ।

यस आँधी १९५ किलोमिटर प्रतिघण्टा (१२० माइल प्रतिघण्टा) को गतिमा अहिले अमेरिकाको फ्लोरिडा राज्यतर्फ बढिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

करिब एक शताब्दीमा पहिलो पटक फ्लोरिडाका केही क्षेत्रले तीव्र गतिमा आएको आँधीको सामना गर्न लागेको मौसमविद्हरुले जनाएका छन् । मंगलबार रातिसम्म आँधी मेक्सिकोको दक्षिण–पूर्वी खाडीबाट अझ बलियो हुँदै अघि बढेको थियो ।

फ्लोरिडाका गर्भनर रोन डिसान्टिसले आपतकाल घोषणा गरेका छन् । उनले प्रभावित क्षेत्रमा उद्दारको प्रयासका लागि ५ हजार राष्ट्रिय गार्डलाई परिचान हुन आदेश दिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : २७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई