सरकारले अचानक लकडाउन घोषणा गरेपछि चीनको सेन्जेन सहरमा प्रदर्शन « Khabarhub

सरकारले अचानक लकडाउन घोषणा गरेपछि चीनको सेन्जेन सहरमा प्रदर्शन


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औद्योगिक केन्द्र सेन्जेन सहरमा सरकारले अचानक लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध प्रदर्शन गरेका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको भिडियो फुटेज सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उक्त भिडियो फुटेजको सत्यता पुष्टि गरेको सिंगापुरमा आधारित च्यानल न्यूज एसियाले जनाएको छ । एएफपीका अनुसार यस प्रदर्शन सेन्जेन सहरको फुटियान जिल्लास्थित शेवेई क्षेत्रमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

१ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको जनाइएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।

ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल वेबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौँ मानिसले ‘कोभिड लकडाउन हटाऊ’ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘प्रहरीले मानिसहरूलाई कुटिरहेको छ ।’ भनेर चिच्याएको सुन्न सकिन्छ ।

शून्य कोभिड नीति चीनमा अलोकप्रिय बन्दै गएको टिप्पणी गरिन्छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु हुन थोरै समयमात्रै बाँकी रहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी जिन्पिङसामु मुलुकमा जारी कोभिडविरुद्धको अभियानलाई उचित व्यवस्थापन गर्न दबाब बढ्दै गएको बताइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ३८ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो