सरकारले अचानक लकडाउन घोषणा गरेपछि चीनको सेन्जेन सहरमा प्रदर्शन « Khabarhub

सरकारले अचानक लकडाउन घोषणा गरेपछि चीनको सेन्जेन सहरमा प्रदर्शन


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औद्योगिक केन्द्र सेन्जेन सहरमा सरकारले अचानक लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध प्रदर्शन गरेका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको भिडियो फुटेज सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उक्त भिडियो फुटेजको सत्यता पुष्टि गरेको सिंगापुरमा आधारित च्यानल न्यूज एसियाले जनाएको छ । एएफपीका अनुसार यस प्रदर्शन सेन्जेन सहरको फुटियान जिल्लास्थित शेवेई क्षेत्रमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

१ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको जनाइएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।

ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल वेबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौँ मानिसले ‘कोभिड लकडाउन हटाऊ’ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘प्रहरीले मानिसहरूलाई कुटिरहेको छ ।’ भनेर चिच्याएको सुन्न सकिन्छ ।

शून्य कोभिड नीति चीनमा अलोकप्रिय बन्दै गएको टिप्पणी गरिन्छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु हुन थोरै समयमात्रै बाँकी रहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी जिन्पिङसामु मुलुकमा जारी कोभिडविरुद्धको अभियानलाई उचित व्यवस्थापन गर्न दबाब बढ्दै गएको बताइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ३८ बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका