इरानमा हिंसात्मक प्रदर्शन जारी : ७६ जनाको मृत्यु « Khabarhub

इरानमा हिंसात्मक प्रदर्शन जारी : ७६ जनाको मृत्यु


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर) ले जनाएको छ ।

मारिनेमा ६ महिला र ४ बालबालिका समेत रहेको बीबीसीले जनाएको छ । हालसम्म राजधानी तेहरानबाट उत्तरमा पर्ने गिलान र मजान्दरान प्रान्तमा मात्रै ३५ जनाको मृत्यु भएको र पश्चिमी अजरबैजान, केर्मानशाह, एलाम र कुर्दिस्तान प्रान्तमा अरु २४ जनाको मृत्यु भएको आईएचआरलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

यद्यपि सरकारी सञ्चार माध्यमहरुले प्रदर्शनमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेका छन् । यसका लागि प्रदर्शनकारीहरु नै जिम्मेवार रहेको इरानको सरकारले आरोप लगाएको छ ।

आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा २० जना पत्रकार पनि रहेको बीबीसीले जनाएको छ । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो ।

उत्तर पश्चिमी सेकाज सहरबाट राजधानी तेहरान भ्रमण गर्न आएकी उनलाई खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ४९ बजे

दुई सय १३ किलोग्राम गाँजा बरामद

पर्सा– सशस्त्र प्रहरी बलको टोलीले विशेष सूचनाका आधारमा पर्साको विन्दवासिनी

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष लामो जेल सजाय

रियो डी जेनेरियो– ब्राजिलका पूर्वराष्ट्रपति ७० वर्षीय जायर बोल्सोनारोलाई सत्ता

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको लाभांश घोषणा

काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीका लागि

दुबई दुर्घटनापछि आर्मेनियाले भारतसँग तेजस जेट खरिद वार्ता रोक्यो

नयाँदिल्ली- आर्मेनियाले भारतसँग गर्न लागेको तेजस फाइटर जेट खरिद वार्ता

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।