यात्रुलाई ठगी गर्ने ३३ जना पक्राउ | Khabarhub Khabarhub

यात्रुलाई ठगी गर्ने ३३ जना पक्राउ


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाबाट दसैँका लागि आ–आफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना पक्राउ परेका छन् ।

यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारवाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए । कार्यालयले दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ ।

खराब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन गर्दा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नियन्त्रणका लागि ठाउँठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको प्रवक्ता भट्टले जानकारी दिए । आजसम्मको सवारीसाधन खराब अवस्थामा सञ्चालन गर्ने ९८ लाई कारवाही गरिएको छ । कतिपय सवारी साधनमा हातले लाग्ने ब्रेक काम नगर्ने र कतिपयको पाङ्ग्रा खराब अवस्थामा पाइएको उनले बताए । उनले भने, “पाङ्ग्रा नै प्वाल पर्न लागेको अवस्थामा समेत चलाएको पाइएको छ ।”

कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । आज बिहानसम्म दुई जना यात्रुको मात्रै गुनासो आएको प्रवक्ता भट्टले बताए । लामो दूरी लक्षित गरी कलङ्की, थानकोट, हलचोक, माछापोखरी, चावहिल, सातदोबाटो, बल्खु, कोटेश्वर, पुरानो बसपार्कमा यात्रु सहायता कक्ष रहेका छन् ।

उपत्यकाको विभिन्न स्थानमा नियमित ३६ स्थानमा जाँच गरिँदै आएकामा अहिले चाडपर्वमा लक्षित गरेर ३५ स्थान थप गरिएको कार्यालयले जनाएको छ । उपत्यकामा धेरै एकै पटक बाहिरिएर सडक चाप कम हुँदा तीव्र गतिमा र मादक चलाउने हुँदा त्यो नियन्त्रणका लागि जाँच बढाउन लागिएको हो ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने नाकाहरुको सवारी साधन जाँचमा कडाइ गरिएको कार्यालयले जनाएको छ । उपत्यकाबाट बाहिरिने स्थानमा सिट क्षमताका आधारमा यात्रु राखेको वा नराखेको, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको वा नचलाएको, दुई जना चालक राखेका वा नराखेको, सवारी साधनको बिमा गरेको वा नगरेको र सवारीसधनको अवस्था कस्तो छ भन्ने जाँच गरिरहेको उनले जानकारी दिए ।

दैनिक एक/एक गरी नाकामा लागुपदार्थ सेवनसम्बन्धी जाँच गरिएको प्रवक्ता भट्टले बताए । आज तीन जना चालक फेला परेर कारवाही अघि बढाइएको बताइएको छ । तीव्र गतिमा सवारी साधन चलाएको जाँच भइरहेको छ । क्षमताभन्दा बढी सङ्ख्यामा यात्रुलाई बोक्ने गर्ने वा छतमा यात्रु राख्ने सवारी साधनलाई कारवाहीका लागि ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

कार्यालयले बढी किनमेल बजार क्षेत्रमा सवारी साधनको चापलाई विचार गरेर थप ट्राफिक प्रहरी खटाएर व्यवस्थापन सुरु गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । न्युरोड क्षेत्रका लागि त्यहाँ जाने सवारीसाधनलाई खुल्लामञ्चमा पार्किङको व्यवस्था गरिएको उन बताए ।

कार्यालयले उपत्यकाबाट बाहिर जाने सवारीसाधलाई पनि मादक पदार्थ सेवन र लागुपदार्थ सेवनको जाँच गरिरहेको छ । चाडपर्वको समयमा मेला लाग्ने गुहेश्वरी, कमलपोखरी बागमती किनार, बल्खु दोभानलगायत स्थानमा सवारीसाधन डाइभर्ट गरिएको छ भने त्यहाँ आउने सवारी साधनलाई पार्किङको व्यवस्था मिलाइने उनले बताए ।

उपत्यका र उपत्यका बाहिर सञ्चालन हुने सवारी साधनलाई समेत लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ । उपत्यकामा पनि विगतका वर्षहरुमा दसैँमा धेरै सवारी साधन बाहिरिएर सडक खुकुलो हुँदा चालकहले बढी गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दुर्घटना बढी हुने गरेको थियो ।

चाडपर्वका समयमा एकै पटक धेरै सवारी साधन बाहिरिने हुँदा दुर्घटनाको जोखिम रहेको छ । कार्यालयले उपत्यकामा सवारी साधन व्यवस्थापन गर्ने र उपत्यका बाहिर प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गर्छ ।

चाडपर्वको समयमा अरु समयभन्दा बढी जनशक्ति घटाएर सवारी जाम हुन नदिन र दुर्घटना हुन नदिन लाग्ने गरिएको कार्यालयले जनाएको छ ।

सडकमा सवारी साधन व्यवस्थापनकै लागि धेरै ट्राफिक प्रहरी दसैँ, तिहारलगायत चाडका समयमा सोत ड्युटी गर्दै आएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक भट्टले भने, “थोरै सङ्ख्यामा घर गए पनि धेरै दसैँभर पनि खटिने गरिएको छ ।”

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : २५ बजे

पूष्पले साइन गरे ‘महाराजधिराज’, २२ महिनादेखि फिल्मबाट बेराेजगार आकाश

काठमाडौं – आकाश श्रेष्ठ र पूष्प खड्काको हातमा तीन-चार वर्षअघिसम्म

रवि लामिछानेको मुद्दामा ‘फैसला’ सच्याउँदै सर्वोच्चले लेख्यो ‘आदेश’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन- काममा ढिलासुस्ती नगर्नुहोस्

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका

१२ वर्षको सम्बन्ध सार्वजनिक गर्दा बिहारका पूर्वमुख्यमन्त्री लालुका छोरालाई पार्टीले निकाल्यो

काठमाडौं– भारतको नेपालसँग सीमा जोडिएको बिहार राज्यका पूर्वमुख्यमन्त्री एवम् राष्ट्रिय

फिल्म ‘महाभोज’ को प्रचार लाइन ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकमा सडक नाटक

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’