बुर्किना फासोमा भएको आतङ्कवादी हमलामा परी ११ सैनिकको मृत्यु « Khabarhub

बुर्किना फासोमा भएको आतङ्कवादी हमलामा परी ११ सैनिकको मृत्यु


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुर्किना फासोको उत्तरी क्षेत्रमा भएको आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले जनाएको छ ।

बुर्किनाबे सरकारले विज्ञप्ति जारी गर्दै आतङ्कवादी हमलामा ११ सैनिक मारिएको जनाएको हो । जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेको सरकारले जनाएको छ ।

आक्रमणमा एघार सैनिकको मृत्यु भएका छन् भने अरु २० सैनिकसहित २८ जना घाइते भएको बताइएको छ । आक्रमणपछि करिब ५० जना सर्वसाधारणको अवस्था अज्ञात रहेको विज्ञप्तिमा जनाइएको छ ।

आक्रमणकारीहरूको खोजी जारी रहेको उक्त विज्ञप्तिमा भनिएको छ । बुर्किना फासोमा २०१५ यता सुरक्षा अवस्था बिग्रिएको बताइन्छ ।

पश्चिम अफ्रिकामा अवस्थित यस मुलुकमा भएका पछिल्ला आक्रमणहरुमा एघार सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । असुरक्षाका कारण अरु १९ लाख भन्दा बढी विस्थापित भएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : १२ बजे

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना