काठमाडौँ – चीनमा बनेका सामानको विश्वसनीयता माथि धेरै नै बहस भएका छन् । सस्तो र कमसल चाइनिज सामानको चर्चा हाम्रो माझमा पनि भएको छ । कमसल चिनिया सामग्रीको मारमा संसारका धेरै जना परेका छन् ।
स्वास्थ्य क्षेत्रमा पनि यस्तै सामानको असर देखिन थाले पछि यसको पनि चर्चा अहिले बढेको हो । चीनका यस्ता सामग्रीहरू कम आय भएका गरिब देशमा नै बढी भित्रने गरेका छन् । गरिब देशका कम शिक्षित समुदाय कमसल र विश्वसनीयता नभएको चिनियाँ सामानको मारमा पर्ने गरेका छन् ।
सुसन वामाइथा एक केन्याली महिला हुन् । उनी बिरामी परे पछि आफूले खादै गरेको गर्भ निरोधक चक्कीको असर हो भन्ने महसुस गरेकी थिइन् । सन् २०२१ को जुनमा उनले केन्यामा प्रतिबन्धित चक्की लुकीछिपी प्रयोग गर्ने गरेकी थिइन् । ३२ वर्षकी उनले तीन सन्तानलाई जन्म दिईसके पछि सो चक्कीको प्रयोग सुरु गरेकी हुन् ।
केन्यामा त्यस चक्कीलाई सोफियाको नामले चिनिन्छ । तर, चीनमा बनेर त्यहाँ पुगेको चक्कीको प्याकेटमा चिनिया भाषा मात्र प्रयोग भएकाले यसको नाम समेत धेरैले बुझ्ने गरेका छैनन् ।
त्यसलाई अनुवाद गर्दा गर्भ निरोधक तथा लामो समय प्रभाव रहने भनेर लेखिएको छ । उत्पादक कम्पनीको नाम ‘झीझु फर्माट्युकल’ कम्पनी लेखिएको छ । १० वर्ष अगाडी नै धेरै नै हर्मोनमा असर गर्ने भन्दै केन्या सरकारले यसलाई प्रतिबन्ध लगाएको थियो ।
सरकारी अस्पतालमा सधैँ स्टक नहुने भएका कारण केही महँगो तिरेर निजी फार्मेसीमा खरिद गर्ने प्रचलन पनि छ ।
स्वास्थ्य मन्त्रालयले पनि यसको ल्याब रिपोर्टको डाटा सार्वजनिक गरेको छैन । तर, बारम्बार यो असफल भएको तथा साइड इफेक्ट भने देखिएको निष्कर्ष निकालिएको छ । ‘मलाई यो प्रतिबन्धित भएको थाहा थिएन । धेरै साथीहरूले यसको प्रयोग गर्दा कुनै साइड इफेक्ट नभएका कारण मैले पनि प्रयोग गरेको हुँ’ उनले भनिन् ।
अन्य केन्याली महिला जस्तै यसको मूल्य, सहज उपलब्धता र महिनाको एक पटक उपयोग गरे पुग्ने भएकाले वामाइथाले सोफिया प्रयोग उपयुक्त ठहर गरेकी हुन् । धेरै महिलाले महिनाको एक पटक यसलाई खरिद गर्ने गरेका छन् । प्याकेटमा यसलाई विक्री गर्ने प्रचलन पनि त्यत्ति धेरै छैन ।
चक्कीको मूल्य पनि पसल अनुसार र समय अनुसार फरक हुने गरेका छन् । ३ सय देखि ४ सय केन्याली मुद्राको त्यसको छ । ३ सय को मतलब २।५० अमेरिकी डलर हो ।
त्यसो त केन्यामा परिवार नियोजनका अन्य उपाय नभएका होइनन् । ती उपाय मध्ये दैनिक गर्भ निरोधक चक्कीको प्रयोग सहज मानिन्छ । यसको एक महिनाको मूल्य १.७ अमेरिकी डलर सरकारी अस्पतालमा पर्छ । सरकारी अस्पतालमा सधैँ स्टक नहुने भएका कारण केही महँगो तिरेर निजी फार्मेसीमा खरिद गर्ने प्रचलन पनि छ ।
५ डलर खर्चमा तीन महिनाका लागि गर्भ निरोधक औषधी तथा ७ वर्षका लागि ९ डलर खर्च गरिने प्रचलन पनि केन्यामा नभएको होइन । सार्वजनिक स्थान र शौचालयमा समेत निःशुल्क कण्डम राखिएका हुन्छ । त्यस स्थानमा सकिएमा बाहिर खरिद गर्ने चलन पनि त्यहाँ छ ।
‘मैले कपर्टी शैलीको कोइल प्रयोग गरेको थिएँ । त्यसले ढाडमा समस्या भएका कारण हटाएर , विकल्पको रूपमा यसको प्रयोग गरेकी हुँ’ तौल नियन्त्रणमा लागि सङ्घर्ष गरी रहेकी उनकी साथीले त्यस चक्कीको प्रयोगले तौल नबढेका बताए पछि अझै उत्साहित भएकी हुन् ।
उनले सुरुवातमा दुई चक्की पनि प्रयोग गरेकी थिइन् । लामो समयका लागि एक चक्कीले काम नदिने हो की भन्ने डरले उनले दुई चक्कीको प्रयोग गरेकी हुन् ।
पितृसत्तात्मक समाज रहेको केन्यामा विविध धार्मिक मान्यताका कारण पनि गर्भ निरोधक चक्कीका बारे भिन्न धारणा बनेका छन् ।
‘सुरुमा टाउको दुख्ने र वान्ता हुने भयो । पहिलो महिना म राजश्वला पनि भइनँ’ वामाइथाले भनिन् । त्यस समयमा उनलाई महिनावारी नभएकोमा कुनै चिन्ता थिएन । तेस्रो महिना पनि यस्तै भए पछि चासो बढ्न थालेको हो । पछि गर्भमा बच्चा भएको पनि थाहा भयो । उनको श्रीमान्ले यसका बारे खोजीनिती गर्दा त प्रतिबन्धित औषधीको प्रयोग भइरहेको पत्तो पाए ।
यो कथाले एउटा लामो यात्रा तय गरी सकेको छ । त्यसरी गलत सूचनाकै कारण जन्मिएको छोरी ३ महिनाकी भएकी छिन् । तीनलाई राम्रोसँग हुर्काउन तल्लीन हुनु भन्दा अर्को विकल्प पनि उनीहरूसँग छैन ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार अफ्रिकाको सब सहारा क्षेत्रमा ५० प्रतिसतलाई मात्र गर्भ निरोधक औषधीको बारे राम्रोसँग थाहा छ । पितृसत्तात्मक समाज रहेको केन्यामा विविध धार्मिक मान्यताका कारण पनि गर्भ निरोधक चक्कीका बारे भिन्न धारणा बनेका छन् ।
थुप्रै पुरुषले आफ्नो श्रीमतीलाई यसको प्रयोग गर्न दिँदैनन् । केन्यामा त केही यस्ता पुरुष छन्,, जसको सोचमा बाइबलको प्रार्थना मात्र गरे सबै ठिक हुने भएकाले कुनै आधुनिक औषधीको प्रयोग गर्नु हुँदैन । जनसङ्ख्या र विकासका विज्ञ डा. जासेफाइन किबारु तल्लो तहमा पुगेर यसको बारे जनचेतना फैलाउन आवश्यक रहेको बताउँछन् ।
उनको विचारमा अन्य व्यक्तिलाई छिमेकीलाई पत्याउने महिलाको स्वभावका कारण सामुदायिक स्वास्थ्य स्वयंसेवकलाई नै यसमा सक्रिय बनाउँदा सही हुन सक्छ । उनी धेरै अफवाहका कारण जनसङ्ख्या नियन्त्रण विधिमा एउटा ठुलो खाडल सृजना भएको छ । महिला रोग विशेषज्ञ बिग्रीड मोन्डा महिलाले जनस्वास्थ्य अधिकारी तथा चिकित्सकसँग सल्लाह गरेर अगाडी बढे सबै समस्या समाधान हुने बताउँछिन् ।
खतरनाक सोफिया चक्की प्रतिबन्धित हुनुका बाबजुद केन्यामा विक्री वितरण भएको विषयमा विगतमा थुप्रै सञ्चार माध्यमले नै आवाज उठाएका थिए । त्यसो त यो संसारकै सामु बहसको विषय बनेको छ ।
ग्रामीण क्षेत्रमा आपूर्ति राम्रोसँग नभएका कारण धेरै महिलाले छासमिस गरेर गर्भ निरोधक औषधी प्रयोग गर्ने गरेका छन् । डा. किबारुकै अनुसार यथेष्ट जानकारी सबैमा नपुगेका कारण सोफिया प्रतिबन्धित हुनुका बाबजुद केन्यामा विक्री भइरहेको छ । उनले यसका लागि सञ्चार माध्यमको भूमिका मात्र पर्याप्त नहुनेमा जोड दिएका छन् । तल्लो तहमा सक्रिय भएर यसको प्रतिबन्धका कारण सहित सबैलाई जानकारी गराउन आवश्यक छ ।
औषधी विक्रेतालाई यो प्रतिबन्धित भएको राम्रोसँग थाहा छ । स्वास्थ्य मन्त्रालयले पनि चेतावनीको भाषामा यो सूचना जारी गरी सकेको छ ।
यो बाहिर देखाएर राखिँदैन । प्रत्येक महिना किन्न आउने विश्वासिलो ग्राहक छानेर यो औषधी दिने गरिन्छ । धेरै औषधी पसल नचिनेका मानिस पुग्दा त्यो औषध नभएको बताउँछन् । त्यहाँको सूचना अनुसार छिमेकी देश भएर त्यो औषधी केन्या पुग्ने गरेको छ ।
यसै महिना केन्याको औषधी तथा विष बोर्ड (पीपीबी)ले युगान्डाको सीमाबाट यो आएको तथ्य पत्ता लगाएको थियो । वामाइथाले पनि एउटा सप्लाएर मार्फत आफ्नी साथीले प्याकेट लिएकी तथा त्यसै साथीसँग आफूले लिएको बताइन् । साथीले प्रतिबन्धित भएको थाहा पाएर नै यो औषधी दिएको गुनासो गरेकी छिन् ।
अहिले सोफियाको प्रयोग र यसले ल्याएको समस्याका बारे सामाजिक सञ्जालमा बहस हुन थालेका छन् । केहीले गर्भ पतन गराएको पनि सामाजिक सञ्जालमै जानकारी गराएका छन् । वामाइथाले त्यस औषधीको सेवन गरेकोमा आफैलाई जिम्मेवार ठहर गर्दै यसरी गर्भ रहने कुरा कहिल्यै कल्पना समेत नगरेको बताउँछिन् ।
खतरनाक सोफिया चक्की प्रतिबन्धित हुनुका बाबजुद केन्यामा विक्री वितरण भएको विषयमा विगतमा थुप्रै सञ्चार माध्यमले नै आवाज उठाएका थिए । त्यसो त यो संसारकै सामु बहसको विषय बनेको छ ।
महिलाको यौन स्वास्थ्य एकदमै गम्भीर र संवेदनाको विषय हो नै । संसारलाई कमसल सामान भिडाएर नाफा कमाउने चीनले गरिब देशलाई अर्को भार थपेको छ । त्यसै भारबाट पीडित भएको केन्या एउटा उदाहरण हो । यस्ता धेरै देश हुन सक्छन् ।
प्रतिक्रिया