वातावरण संरक्षणका लागि कानूनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू « Khabarhub

वातावरण संरक्षणका लागि कानूनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले वातावरण संरक्षणका लागि नीतिगत तथा कानूनी व्यवस्थासँगै नागरिकको व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको बताएका छन्।

विश्व वातावरण दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सांसदहरूले वातावरण संरक्षणका लागि कानून र नीति निर्माण मात्र पर्याप्त नहुने, त्यसको प्रभावकारी कार्यान्वयन तथा व्यवहारिक परिवर्तन अपरिहार्य रहेको बताए।

दिगो विकास तथा अनुसन्धान केन्द्र (क्रिएसन) नेपाल र गोल्डेन गेट कलेजद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सजिदा खातुन सिद्धिकीले नेपालमा वातावरण प्रदूषणको समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि आवश्यक कानुन निर्माणमा सरकारलाई सचेत गराउने बताइन्।

उनले वातावरण प्रदूषण सबैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै नीति निर्माण तथा आवश्यक ऐन तर्जुमाका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

त्यस्तै, अर्की सांसद डा. प्रमिला गच्छदारले परम्परागत ज्ञान, सीप तथा सामग्रीको प्रयोगले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताइन्। थारु समुदायबाट आफू आएको उल्लेख गर्दै उनले थारु समुदायले परम्परादेखि नै स्थानीय स्रोत र आफ्नै हातले बनाइएका घरेलु सामग्रीको प्रयोग गर्दै आएको र यसले दिगो वातावरण संरक्षणमा टेवा पुर्‍याएको बताइन्।

उनले परम्परागत जीवनशैली र अभ्यासहरू वातावरण संरक्षणका महत्वपूर्ण आधार भएकाले तिनको प्रवर्द्धनका लागि नीतिगत व्यवस्था, कानूनी संरक्षण तथा जनचेतना अभिवृद्धि आवश्यक रहेको धारणा राखिन्। वर्षमा एक दिन मात्र वातावरण दिवस मनाएर उपलब्धि हासिल नहुने भन्दै उनले वातावरणमैत्री व्यवहारलाई दैनिक जीवनमा अपनाउन सबैलाई आग्रह गरिन्।

कार्यक्रममा दिगो विकास तथा अनुसन्धान केन्द्र (क्रिएसन) नेपालकी महासचिव रोशना सुवेदीले वातावरण संरक्षणका लागि सबै सरोकारवाला एकजुट भएर निरन्तर वकालत गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई चार समूहमा विभाजन गरी ‘क्याफे टक’ शीर्षकमा छलफल गराइएको थियो। विभिन्न विषयमा भएको छलफलपछि समूहहरूले वातावरण संरक्षणका चुनौती र समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए। उनीहरूले वातावरण संरक्षणका लागि नवीन तथा व्यवहारिक अवधारणासमेत प्रस्तुत गरेका थिए।

सहभागी र सांसदहरूबीच आयोजित खुला प्रश्नोत्तर सत्रमा वातावरण संरक्षण, कानून निर्माण तथा व्यवहारिक सुधारसँग सम्बन्धित विविध प्रश्न उठाइएका थिए। सांसदहरूले ती प्रश्नहरूको सहज र स्पष्ट जवाफ दिएका थिए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तीशिखा धितालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अर्को आकर्षणका रूपमा वातावरणमैत्री सामग्रीहरूको प्रदर्शनी तथा खाद्य स्टलहरू पनि राखिएका थिए।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  १२ : १६ बजे

एसीसी महिला प्रिमियर कप : हङकङले दियो नेपाललाई ११० रनको लक्ष्य

काठमाडौं– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच

अफ्रिकामा इबोलाको खतरा बढ्दो, कङ्गोमा २० हजार संक्रमित पुग्न सक्ने चेतावनी

किन्सासा– अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारी थप गम्भीर

सडक सञ्जालमा जोडियो अपि

दार्चुला– अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३

कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य आवश्यक : सभामुख

भजनी– सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबीच