चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग  « Khabarhub

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग 


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् । 

‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुःखित छु र यसको घोर भर्त्सना गर्दछु’, शुक्रबार ट्वीटरमा उनले लेखेका छन्, ‘जसले जुनसुकै कारणले गरेको भए पनि सेवारत चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुनसक्दैन। यसलाई गम्भीरतापूर्वक लिएर तुरुन्त दोषीलाई कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रशासनसँग आग्रह गर्दछु।’

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  २ : ०५ बजे

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित