चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग  | Khabarhub Khabarhub

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग 


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् । 

‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुःखित छु र यसको घोर भर्त्सना गर्दछु’, शुक्रबार ट्वीटरमा उनले लेखेका छन्, ‘जसले जुनसुकै कारणले गरेको भए पनि सेवारत चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुनसक्दैन। यसलाई गम्भीरतापूर्वक लिएर तुरुन्त दोषीलाई कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रशासनसँग आग्रह गर्दछु।’

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  २ : ०५ बजे

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच

रविको नाममा अड्कियो हलो

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा

सहकारी ठगी प्रकरण : माइतीघरमा नेविसंघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत