इलोन मस्कले ट्विटर किने, प्रमुख कार्यकारी पराग अग्रवाल बर्खास्त « Khabarhub

इलोन मस्कले ट्विटर किने, प्रमुख कार्यकारी पराग अग्रवाल बर्खास्त


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका सबैभन्दा धनाढ्य एवम् टेस्ला कम्पनीका मालिक इलोन मस्कले ट्विटर खरिद प्रक्रिया पूरा गरेका छन् । उनले ४४ अर्ब डलरमा सामाजिक सञ्जाल खरिद गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनले ट्विट गर्दै ‘चरी स्वतन्त्र भयो’ भनेर उल्लेख गरेका छन् । ट्विटर खरिद गरेलगत्तै उनले पराग अग्रवालसहित ट्विटरका वरिष्ठ अधिकारीहरुलाई बर्खास्त गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अग्रवाल र अरु दुई कार्यकारीहरुलाई बिहीबार बेलुकी अमेरिकाको सन फ्रान्सिस्को सहरमा रहेको ट्विटरको मुख्यालयबाट बाहिर निकालिएको थियो ।

यसअघि मस्कले ट्विटर खरिद नगर्ने संकते गरेका थिए । यद्यपि कानूनी झमेलामा पर्ने देखिएसँगै उनले ट्विटर खरिद प्रक्रियालाई पूर्णता दिएको बीबीसीले जनाएको छ ।

मस्कले ट्विटर खरिद गरेसँगै उक्त सामाजिक सञ्जालले भविष्यमा अवलम्बन गर्ने दिशाबारे पनि प्रश्न उठेको जनाइएको छ ।

आफूलाई वाक् स्वतन्त्रताको हिमायतीको रुपमा चित्रित गर्दै आएका मस्कले प्रायः ट्विटरको आलोचना गर्दै आएका छन् । उनले यसअघि ट्विटरले प्रतिबन्ध लगाएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अरु व्यक्तित्वहरुलाई पुनः ट्विटर चलाउन दिने पनि बताएका छन् ।

यसैसताको सुरुमा मस्कले आफ्नो ट्विटरको बायोमा ‘चिफ ट्विट’ लेखेका थिए । पछि उनी भान्सामा प्रयोग हुने सिङ्क बोकेर ट्विटरको मुख्यालयमा पुगेको भिडियो सार्वजनिक थिए । उक्त भिडियोको क्याप्सनमा उनले ‘लेट द्याट सिङक इन’ लेखेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ४ : १५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा