ताइवानको प्यारो पाण्डा बिरामी परेपछि चिनियाँ पशुचिकित्सकलाई उपचारका लागि आह्वान « Khabarhub

ताइवानको प्यारो पाण्डा बिरामी परेपछि चिनियाँ पशुचिकित्सकलाई उपचारका लागि आह्वान


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निकै प्यारो मानिएको एउटा पाण्डा गम्भीर बिरामी परेपछि ताइवानले उपचारका लागि चिनियाँ पशु चिकित्सकलाई आह्वान गरेको छ ।

सन् २००८ मा चीनले उपहारस्वरुप प्रदान गरेको टुवान टुवान नाम गरेको भाले पाण्डा गम्भीर बिरामी परेपछि ताइवानले चिनियाँ पशुचिकित्सकलाई उसको उपचारका लागि आह्वान गरेको हो ।

१८ वर्षे उक्त पाण्डाको दिमागमा मासु पलाएको हुनसक्ने ताइवानको राजधानी ताइपेईमा रहेको चिडियाखानाका कर्मचारीको आशंका छ ।

उक्त पाण्डाको अवस्था निकै गम्भीर बन्न थालेपछि ताइवानले मुख्यभूमि चीनका पशुचिकित्सकलाई उपचारका लागि आह्वान गरेको बीबीसीले उल्लेख गरेको छ ।

ताइवानले आह्वान गरेपछि केही पशुचिकित्सकहरुले उसको उपचारका लागि इच्छा जाहेर गरेको र ती पशुचिकित्सकहरुको भिसा प्रक्रियालाई अघि बढाइएको ताइवानी अधिकारीले जनाएका छन् ।

तुलनात्मक रुपमा सुमधुर सम्बन्ध रहेका बेला सन् २००८ मा चीनले ताइवानलाई टुवान टुवान र युआन युआन नामक दुई पाण्डा उपहारस्वरुप प्रदान गरेको थियो ।

यद्यपि हाल दुई मुलुकबीचको सम्बन्ध निकै चिसिएका कारण पाण्डाको उपचारका लागि ताइवानले चिनियाँ पशुचिकित्सकलाई आह्वान गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । ती पाण्डाहरुको नामको अर्थ ‘पुनर्मिलन’ वा ‘एकता’ हुन आउने बीबीसीले उल्लेख गरेको छ ।

सन् २००८ मा ताइवान ल्याइएपछि ताइवानीमाझ ती पाण्डा निकै प्यारो एवम् लोकप्रिय रहेको बताइएको छ । ती पाण्डा हाल ताइपेईस्थित चिडियाखानामा रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : १३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित