ताइवानको प्यारो पाण्डा बिरामी परेपछि चिनियाँ पशुचिकित्सकलाई उपचारका लागि आह्वान « Khabarhub

ताइवानको प्यारो पाण्डा बिरामी परेपछि चिनियाँ पशुचिकित्सकलाई उपचारका लागि आह्वान


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निकै प्यारो मानिएको एउटा पाण्डा गम्भीर बिरामी परेपछि ताइवानले उपचारका लागि चिनियाँ पशु चिकित्सकलाई आह्वान गरेको छ ।

सन् २००८ मा चीनले उपहारस्वरुप प्रदान गरेको टुवान टुवान नाम गरेको भाले पाण्डा गम्भीर बिरामी परेपछि ताइवानले चिनियाँ पशुचिकित्सकलाई उसको उपचारका लागि आह्वान गरेको हो ।

१८ वर्षे उक्त पाण्डाको दिमागमा मासु पलाएको हुनसक्ने ताइवानको राजधानी ताइपेईमा रहेको चिडियाखानाका कर्मचारीको आशंका छ ।

उक्त पाण्डाको अवस्था निकै गम्भीर बन्न थालेपछि ताइवानले मुख्यभूमि चीनका पशुचिकित्सकलाई उपचारका लागि आह्वान गरेको बीबीसीले उल्लेख गरेको छ ।

ताइवानले आह्वान गरेपछि केही पशुचिकित्सकहरुले उसको उपचारका लागि इच्छा जाहेर गरेको र ती पशुचिकित्सकहरुको भिसा प्रक्रियालाई अघि बढाइएको ताइवानी अधिकारीले जनाएका छन् ।

तुलनात्मक रुपमा सुमधुर सम्बन्ध रहेका बेला सन् २००८ मा चीनले ताइवानलाई टुवान टुवान र युआन युआन नामक दुई पाण्डा उपहारस्वरुप प्रदान गरेको थियो ।

यद्यपि हाल दुई मुलुकबीचको सम्बन्ध निकै चिसिएका कारण पाण्डाको उपचारका लागि ताइवानले चिनियाँ पशुचिकित्सकलाई आह्वान गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । ती पाण्डाहरुको नामको अर्थ ‘पुनर्मिलन’ वा ‘एकता’ हुन आउने बीबीसीले उल्लेख गरेको छ ।

सन् २००८ मा ताइवान ल्याइएपछि ताइवानीमाझ ती पाण्डा निकै प्यारो एवम् लोकप्रिय रहेको बताइएको छ । ती पाण्डा हाल ताइपेईस्थित चिडियाखानामा रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : १३ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको